Thursday, July 2, 2020

कर छुटको पछि दौडेर व्यावसायिक मुद्धा ओझेलमा पारियो : दामोदर ढकाल

प्रकाशित मिति: 2020/03/20

चैत्र ७, काठमाण्डौ । कोरोना भाईरसको प्रकोप विश्वव्यापी रुपमा फैलिरहँदा यसको प्रत्यक्ष प्रभाव नेपालमा नपरेपनि अप्रत्यक्ष रुपमा नेपाली जनजिबनमा समेत प्रभाव देखिन थालेको छ । अन्तर्राष्ट्रिय मुभवेन्टमा सबैजसो देशहरुले कडाई गर्दा नेपालले पनि नेपाल आउने बिदेशी पर्यटकहरुलाई तत्कालका लागि बन्द गर्ने निर्णय गरीसकेको स्थीतिमा यसको प्रत्यक्ष मार पर्यटन क्षेत्रमा देखिन पुगेको छ । पर्यटनमा बिसौँ बर्षदेखि सक्रिय व्यावसायी देखी भ्रमण बर्ष केन्द्रित सटर थापेका नयाँ व्यावसायीहरु समेतको व्यावसाय चौपटको स्थीतिमा पुगीरहँदा यसलाई ठमेलका व्यावसायीहरुले चै कसरी लिएका छन, त बुझ्ने कोसिस गरेका छौ । 
दामोदर ढकाल । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)का सचिव तथा सफल पर्यटन व्यावसायीका रुपमा परिचित छन । उनको बुझाईमा बर्तमान नेपालको पर्यटनको अवस्था चै कस्तो छ, कुराकानी जस्ताको तस्तै ।
१. ठमेलको व्यापार कस्तो छ ?
सुन्य छ । बिजोग छ । हायात जस्ता मल्टीनेशनल कम्पनी त बन्द हुने अवस्थामा पुगे भन्ने तपाईले सुन्नुभएकै होला, अरु सबैले देखेकै हो ।
२. तपाईकै आफ्नो व्यक्तिगत व्यापार चै कस्तो छ ?
हिजो, आज र भोलीका दिनमा पनि समानन्तर ढंगले अघि बढिरहेको छ, बढ्नेछ भन्ने मेरो बुझाई हो ।
३. व्यावसाय मारमा पर्यो, व्याज छुट गरिदिनपर्यो भनेर व्यावसायीहरु ईश्वर पोखरेल गुहार्न पुगेका थिए, तपाई पनि जानुभयो की ?
म गएको छैन, टानका तर्फबाट साथीहरु गएका थिए ।
४. माग चै के हो व्यावसायीको ?
हुनुपर्ने चै घरभाडामा छुट, कर्मचारीहरुको तलबमा केही प्रतिशत भएपनि सरकारका तर्फबाट राहत जस्ता व्यवस्था हुनुपर्ने हो । तर साथीहरु बैङ्कको व्याज र कर छुटको माग गर्दै दौडनुभएको छ, मुख्य कुरा चै ओझेलमा पर्यो, साना कुराहरुमा अल्झीयौँ की भन्ने लाग्छ ।
५. नेपालले बिदेशीबाट त्रिपाल सहयोग खोज्ने र व्यावसायीको माग उस्तै हुन, माग कमजोर भयो भन्न खोज्नुभा हो ?
हो । मुख्य कुरा त सटर भाडा कसरी तिर्ने भन्ने हो, समय अन्तरालमा तिर्ने करछुट ठुलो कुरा होकी प्रत्येक महिना तिनुपर्ने घरभाडा र कर्मचारीको तलबको भार बढि हो, सबैले अनुमान गर्न सक्ने कुरा हो नी ।
६. ऋण लिनेको व्याज छुटको कुरा भो, नलिनेले चै केही पनि नपाउने भन्ने बिरोध पनि देखियो नी ?
सही हो । करोडौ कारोबार गर्ने व्यावसायी र साना सटरधारी व्यावसायी सबैको समस्या उस्तै हो । यसमा निश्चीत समुहको मात्रै कुरा भएन ।
७. कोरोनाबाट उत्पन्न परिस्थीतिबाट व्यावसायीक सुरक्षा कसरी गर्ने ?
पर्यटन द्धन्द्धकालको स्थीति, भुकम्प, नाकाबन्दी सम्पूर्ण अवस्थामा प्रतिकुल अवस्था सहँदै आजका मितिसम्म आईपुगेका हो । त्यतिबेला पनि नेपालमा पर्यटन क्षेत्रमा व्यावसायीहरु थिए भने अहिले पनि धेरै ठुलो आतंकका रुपमा लिनुपर्ने छैन । व्याक्तिगत र व्यावसायिक सावधानी अपनाउँदै खर्चको सही व्यावस्थापन गरेर केही समय धैर्य गरौँ । समय फेरी अनुकुल भएर आउनेछ ।

 

तपाईंको बिचार