Friday, June 25, 2021

मनमोहन मेडिकल कलेज सुधार्नको लागि मेरो बिकल्प छैन : गणेशप्रसाद सिंखडा

प्रकाशित मिति: 2021/01/31

माघ १८, काठमाण्डौ । मनमोहन मेडिकल शिक्षण अस्पतालको निर्वाचन यही फागुन १५ गते तय भएसँगै नेतृत्वका आकांक्षीहरु मैदानमा उत्रिएका छन । सर्वसाधारण जनताको ठुलो शेयर रहेको भनिएको यस अस्पताललाई लिएर पछिल्लो समय नेपाली राजनीतिक बृतमा पनि तरंग देखापर्ने गरेको छ । चिकित्सा क्षेत्र सुधारका लागि स्थापना भएको भनिएपनि यसको स्थापना र सञ्चालनमा पटक पटक हुने चिकित्सा क्षेत्र सुधार आन्दोलनले यसको भविश्यमाथि प्रश्नचिन्ह खडा हुने गरेको छ ।

यस अर्थमा अब आउने सञ्चालक समितिको नेतृत्वले साँच्चिकै जनताको अस्पतालको रुपमा नागरिकको मन जित्न सक्ला त, प्रश्न छँदै छ । नेतृत्वको आकांक्षीहरुको भिडमा भेटिए बरिष्ठ पर्यटन व्यावसायी तथा नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक गणेश प्रसाद सिंखडा । जो, नेपाल पर्वतारोहण संघका पूर्व महासचिव, नेपाल पर्यटन व्यावसायी मञ्चका अध्यक्ष समेत हुन ।

प्रश्तुत छ, मनमोहनमा उमेद्धवारीका सम्बन्धमा सिंखडासँग गरिएको कुराकानी जस्ताको तस्तै ।

तपाईको उमेद्धवारी किन ?
सहकारीमार्फत देशको आम नागरिकलाई सहज र सुलभ सेवा सुविधा पु¥याउने उद्देश्यले हामी संगठित भएको हो । त्यसमा पनि वामपन्थी विचार समूहका नेता कार्यकर्ताले सर्वहारा वर्गको रक्षाका लागि सर्घष गर्ने र वितरण पनि समान हुनुपर्छ भन्ने मान्यता छ । त्यसैकारणले पुराना कम्युनिष्ट नेतामात्र होइन, हाम्रो आर्दशको पात्र हो मनमोहन अधिकारी । पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएर हामीलाई गर्व गर्ने परिस्थितिको निर्माण भएको थियो । उहाँकै स्मृतिमा हामाीले नागरिकलाई सुुविधा र समाजवादी कार्यक्रम लागु गरेको एउटा मोडेलका रुपमा मनमोहन मेमेरियल मेडिकल कलेज र शिक्षण अस्पताल सञ्चालन गर्न सकिन्छ भन्ने उद्देश्यले सहमारी मोडेलबाट सुरु भयो । स्थापनको लागि पुर्वमन्त्री तथा नेकपाका नेता राजेन्द्र पाण्डे, बंशीधर मिश्रलगायतका प्रशस्त नेता,कार्यकर्ताको योगदान छ । अहिले २६ सयभन्दा बढी सदस्य जोडिएका छन् । तर, स्थापनाको डेढ दशकमा जति काम ग¥यो त्यो प्रयाप्त थियो । र ती पुरै कार्यकाल एकजनाले नेतृत्व गर्नुभयो । अब नेतृत्वको हस्तान्तरणको कुरा पनि हुने र संस्थालाई गतिशिल बनाउनका लागि मैले दाबी गरेको हो । फागुन १५ मा हुने सञ्चालक समितिको निर्वाचनमा अध्यक्षको निम्ति उम्मेदवारी दिएकोले सम्पुर्ण सेयरधनी सदस्यले अमुल्य मतदान गरेर विजयी गराउनुहुन्छ भन्ने आशा पनि राखेको छु । 

० डेढ दशकमा नेताको नाममा जति चर्चा गरेर फाइदा लिइयो तर काम भएन भन्ने गुनासो छ नि ?
होइन, त्यस्तो गुनासो पनि छ । काम नै नभएको भन्ने होइन, अघिल्लो नेतृत्वलाई काम गरेन भनेर आरोप लगाउने अवस्था होइन । चुनावको मुखमा आरोपप्रत्यारोप गर्नुको आवश्यकता छैन ।तर, जति काम भएका छन्, ती विवादमा तानिएको अवश्य हो । अस्पताललाई सञ्चालन गर्ने कुरादेखि मेडिकल कलेजलाई सम्बन्ध लिने कुरामा पनि केही समस्या देखिए । गोविन्द केसीको नेतृत्वको आन्दोलनले मेडिकल कलेज सञ्चालनमा केही समस्या भयो होला तर त्यको व्यवस्थापन पनि ठीक ढंगले गर्न सकिन्थ्यो । त्यो भएन । २६ सयभन्दा बढी सेयर सदस्यले डेढ दशकको वीचमा के प्रतिफल प्राप्त गरे त ? उनीहरुको लगानी कति फलदायी भयो ? त्यो लगानीबाट गरिब, असहाय, पीडित नागरिकले कति राहत पाएा ? भन्ने प्रश्न छ । त्यो प्रश्नको हल गर्ने प्रयास म नेतृत्वमा आएपछि सुरु गर्छु भन्ने प्रतिवद्धता छ । 

० मनमोहन मेडिकल कलेज सञ्चालन नै कसरी गर्ने भन्ने प्रश्न छ । तपाई त्यो करोडौं लगानी भएको संस्थालाई कसरी चलाउनुहुन्छ ?
म नेतृत्वमा आएपछि सबैभन्दा पहिला मेडिकल कलेज सञ्चालनका लागि पहल गर्छु । सरकारी तवरमा के समस्या हो ? नागरिक तहको समस्या के हो ? त्यो खुट्याएर नीतिगत हस्तक्षेप होस् वा सडक आन्दोलन होस् जुनसुकै मोर्चाबाट भए पनि कलेज सञ्चालनको वातावरण बनाइनेछ । काठमाडौं आसपासका जिल्लाको नागरिकलाई सहज स्वास्थ्य सुविधा दिने यो मेडिकल कलेज र शिक्षण अस्पतालको उद्देश्य हो । त्यसैले मैले थप वातावरण बनाउनुपर्छ भन्ने लागेको छ ।

० संस्था आफैमा करोडौं ऋणमा छ नि त ?

 संस्थाले जग्गा खरिददेखि अन्य उपकरण खरिदमा केही समस्या देखिए ।जसले गर्दा संस्था ऋणमा देखियो । र सहकारीका सेयरधनी सदस्यले प्रतिफल प्राप्त गरेनन् । त्यसकारण सेयरधनीलाई पनि लागेको हुनसक्छ, यो संस्था अघि बढ्दैन । तर, होइन हामी गतिशिल बनाउँछौं । संस्थाको आम्दानीबाटै ऋण तिछौं । अनि दश लाखभन्दा कम रकम सेयर राखेका सेयरधनीलाई अबको एक बर्षभित्र शेयर रकमक बराबरको रकम बोनस रुप उपलव्ध गराउने योजना पनि मैले अघि सारेको छु । अब सेयरधनीलाई हरेक बर्ष बोनस बाड्ने परिस्थितिको निर्माण गर्ने योजना मैले ल्याएको छु । 

० अस्पताल सञ्चालन नै हुन सकेको छैन । कसरी चलाउने र बोनस बाड्ने त ?
सीतापाइला क्षेत्रमा मनमोहन अस्पताल छ । यो क्षेत्रमा यतिको अस्पताल अरु छैनन् । र धादिङ, नुवाकोटका स्थायनीका लागि पनि पायक क्षेत्र हो । त्यसैले यसलाई राम्रोसँग सञ्चालन गर्न सकियो भने प्रशस्त आम्दानी हुनसक्छ । त्यसैले अस्पताललाई यो क्षेत्रकै नमुनामात्र होइन, काठमाडौंका अत्याधुनिक अस्पताल बनाउन सकिन्छ । र बनाइन्छ । यो संस्थालाई सुशासनको उदाहरणको रुपमा विकास गरिनेछ । सम्पुर्ण आयव्यय सेयरधनीसमक्ष पारदर्शी रुपमा राखिनेछ जसले गर्दा सेयरधनीमा विश्वास बढोस् । नागरिकको नजरमा नमुना अस्पताल बनोस् ।

० तपाई कसरी काम गर्नुहुन्छ त ? 

यो वीचमा नेतृत्वले जति काम गरेको छ,त्यसलाई धन्यवाद दिँदै थपका लागि संघर्ष गर्ने हो । यो वीचको समयमा संस्थालाई समग्र रुपमा अन्याय भएको छ । न्याय पाउनका लागि कानूनी, नैतिक हरेक लडाई लडिनेछ । जसले गर्दा मेडिकल कलेज सञ्चालनका लागि बाटो खुलोस् । मेडिकल कलेज सञ्चालनका लागि आफ्नै नेतृत्वमा अनशन बस्नुपरे पनि बसिन्छ । तर, सेयरधनीलाई प्रतिफल आउने गरी अस्पताल चलाइन्छ अनि मेडिकल कलेज सुरु गर्ने वातावरणका लागि लडिन्छ ।

यस्ता छन सिंखडाका मनमोहन सुधारका एजेण्डा ।

१. दस लाख भन्दा कम रकम शेयर पुँजी राखेका शेयर धनीहरुलाई अबको एक बर्ष भित्रमा शेयर रकम बराबरको रकम बोनसको रुपमा उपलब्ध गरिने छ र शेयर पुँजी भने सोही रकम बराबरको कायम गरिने छ । शेयर धनीहरुलाई प्रत्यक बर्ष डिभिडेन्ट बाँडिने छ ।

२. हाम्रो कार्यकालमा मेडिकल कलेज स्थापना गरिने छ ।

३. संस्थाको ऋण तिरिने छ ।
४.सेयर धनी कक्ष अत्यन्त ब्यबस्थित गरिने छ । शेयर सदस्यहरु र उहाँका परिवारका सदस्यहरुलाई उपचार गर्न आउँदा बिना कुनै झन्झट सजिलो ब्यबस्था गरिने छ ।
 ५. अस्पताललाई अत्याधुनिक बनाइने छ, काठमान्डौको औंलामा गनिने राम्रो अस्पतालको रुपमा लिइने अवस्थामा पुर्याइने  छ । 
६. क्याम्पसमा अन्य कार्यक्रम थपिने छ ।
७. संस्थालाई सुशासन को उदाहरणको रुपमा बिकास गरिने छ । सम्पूर्ण हिसाब किताब पूर्ण पारदर्शि बनाइने छ ।
८. संस्थाको प्रगतिको लागि आवश्यकता अनुसार अन्य कार्यहरु गरिने छ ।
९. हालसम्म संस्थामा भएका अनियमितताहरुको छानविन गरी दोशी उपर कारवाही गरिनेछ ।
कार्ययोजना 
१. संस्थालाई अन्याय भएकोले न्याय पाउन माघ महिना भित्रमा सर्बोच्च अदालतमा मुद्धा हाल्ने छु ।
२. मेडिकल कलेज पाउनु पर्ने अन्यथा सरकारबाट गठित माथेमा कार्यदलले भनेअनुसार गर्नु पर्ने माग राखि आगामी फाल्गुन १ गते बाट आन्दोलन शुरु गर्ने छु ।
 ३. आगामी चैत्र १ गते सम्म न्याय नपाएमा चैत्र १५ गतेबाट माइतिघर मन्डलामा वा खुलामन्चमा सबै शेयर सदस्यको उपस्थीतिमा रिले अनसन सुरु गर्नेछु ।
 ४. न्याय नपाएमा आगामी बैशाख १ गते बाट माइतिघर मन्डलामा वा खुलामन्चमा आफ्नै नेतृत्वमा आमरण अनसन सुरु गर्ने छु ।
 
 

तपाईंको बिचार