Wednesday, October 20, 2021

ग्रामिण क्षेत्रको पर्यटन उजागर गर्न मेरो उमेद्धवारी : दिपक दाहाल

प्रकाशित मिति: 2021/02/24

फागुन १२, काठमाण्डौ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको २४ औँ साधारणसभा सहितको निर्वाचन यही चैत्र २० गते राजधानीमा हुने तय भएको छ ।

मुलुकभित्रका ग्रामिण पर्यटकीय गन्तव्यहरुलाई उजागर गर्न सक्रिय भुमिका खेल्दै आएको भिटोफको आगामी अध्यक्षका रुपमा आकांक्षीहरु मैदानमा उत्रिरहँदा बर्तमान भिटोफ नेपालका प्रथम उपाध्यक्ष दिपक दाहालको नाम चर्चामा छ ।
गन्तव्य नेपालसँग कुराकानीका क्रममा दाहालले आफु यसपटक भिटोफको नेतृत्व सम्हाल्ने गरी मैदानमा उत्रिसकेको बताए ।
 प्रश्तुत छ, भिटोफ अध्यक्षका प्रत्यासी दाहालसँगको कुराकानी जस्ताको तस्तै ।
तपाईको उमेद्धवारी किन ?
६ बर्षदेखी भिटोफमा सक्रिय छु । यसबिचमा भिटोफले गरेका र गर्नुपर्ने कामलाई नजिकबाट नियालेको छु । यस अर्थमा ग्रामिण पर्यटन बिकासका लागि नै नेतृत्वको मैदानमा उत्रिएको हुँ ।
२. प्रथम उपाध्यक्ष हुँदा चै काम गर्न नसकिने रहेछ, हो ?
कार्यसमितिमा रहेका जोकोहीले पनि  काम गर्न सक्छन, तर नेतृत्वमा रहेको व्यक्तिको लागि जति सहज हुन्छ, अरुलाई त्यति नहुने रहेछ, यही बुझेरै नेतृत्व गरौँ, आफ्नो भिजन राखौँ भनेर आएको हुँ ।
३. तपाईले चुनाव जित्नुहुन्छ ?
लामो समयदेखी भिटोफमा सक्रिय रहेको छु । ग्रामिण पर्यटनलाई नजिकबाट नियालेको छु । यसअर्थमा यस क्षेत्रको बिकासको लागि मेरो बिकल्प छैन ।
४. जितेपछि के गर्नुहुन्छ ?
ग्रामिण पर्यटन क्षेत्रको उजागर गर्नु नै मेरो मुख्य लक्ष्य हो । घरबास तालिम मार्फत स्थानिय बस्तीहरुलाई पर्यटन मैत्री बनाउनमा मेरो जोड रहन्छ ।
५. भनेपछि अहिलेका अध्यक्षले चै केही गर्नुभएन ?

गर्नुभाछ, तर त्यो भन्दा अझ धेरै गरौँ भन्ने त लागिहाल्छ नी ।

६. चुनाब हार्नुभयो भने चै के गर्नुहुन्छ ?
निर्वाचनमा हारजित सामान्य कुरा हो, म त्यही ढंगले लिन्छु । यद्यपी परिस्थीति हेर्ने हो भने साथीहरुको शुभेच्छा मसँगै छ ।

 

तपाईंको बिचार