Thursday, April 22, 2021

भिटोफको आगामी अध्यक्ष राजकुमार थापा (किन?)

प्रकाशित मिति: 2021/02/25

फागुन १३, काठमाण्डौ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) नेपालको २४ औँ बार्षिक साधारणसभा सहितको निर्वाचन यही चैत्र २० गते राजधानीमा हुने तय भएसँगै नेतृत्वका आकांक्षीहरु मैदानमा उत्रिएका छन ।
पछिल्लो समय भिटोफको आगामी नेतृत्वका लागि सशक्त दाबेदार व्यक्तित्वका रुपमा भिटोफका पूर्व महासचिव राजकुमार थापाको नाम चर्चामा छ ।
भिटोफको आगामी कार्यकालको सशक्त अध्यक्ष बताउने थापासँग उनका आगामी रणनीति र उमेद्धवारीका सम्बन्धमा सोधेका थियौँ ।
१. भिटोफको अध्यक्ष नभई नछोड्ने हो ?
समयले मागेको कुरा गर्नै पर्ने रहेछ, म पनि त्यही बाटो हिडेको न हुँ ।
२. तपाईको उमेद्धवारी किन ?
भिटोफलाई उद्धार गर्न ।
३. एजेण्डा केके छन ?
भिटोफलाई व्यवस्थीत रुपमा अघि बढाउने, राज्यले बिर्सेको छ, राज्यको ध्यानकर्षण हुने गरी काम गर्ने, राष्ट्रीय अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने, बाँकी रहेको अधुरा पुराना कामहरुलाई सफल बनाउन नै मेरो उमेद्धवारी हो ।
४. दिपक दाहालले त मै हो अध्यक्ष, अरु त हेरेको हेरै हुन्छन भन्नुभाछ, तपाईको के छ ?
त्यो उहाँको कुरा होला, तर मेरो बिकल्प छैन । सबैलाई मिलाएर लाने कार्यमा मेरो सदैब कोशिस रहनेछ ।
५. पराजित हुनुभयो भनेचै ?
मेरो बिकल्प नै छैन, भन्दैछु, तपाईले सोधेको प्रश्न धेरै परको हो, म त्यहाँनेर छैन । सबैको शुभेच्छा ममाथि छ ।

 

तपाईंको बिचार