Saturday, July 31, 2021

नामेट भएको भिटोफको पहिचानलाई उकास्नको लागि कृष्ण सुबेदीको उमेद्धवारी

प्रकाशित मिति: 2021/03/19

चैत्र ६, काठमाण्डौ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) नेपाल को निर्वाचन यही चैत्र २० गते तय भएसँगै अध्यक्षका आकांक्षी मैदानमा उत्रिएका छन । निर्वाचन सरगर्मी बढिरहेका बेला नेतृत्वमा पछिल्लो समय भिटोफ नेपालका पूर्व सहकोषाध्यक्ष कृष्णबहादुर सुबेदी(कृष)को नाम चर्चामा छ । कृष्ण गाउँ पर्यटनका अभियन्ता तथा अनुभवी व्यवसायीका रुपमा स्थापित छन । यसपाली जसरी पनि भिटोफमा नेतृत्व गरेरै छाड्ने संकल्प बोकेका सुबेदी नेपाल क्लाईम्बीङ एड्भेन्चरका निर्देशक समेत हुन ।

प्रश्तुत छ, भिटोफ नेपालका अध्यक्षका उमेद्धवार कृष्णबहादुर सुबेदी(कृष)सँगको छलफल जस्ताको तस्तै ।
१. उमेद्धवारी केमा र कसरी ?
भिटोफको नेतृत्व लिने गरी अगाडी बढेको छु । अघिल्लो चोटी उपाध्यक्षको उमेद्धवार हुँदा बेहोरेको झिनो अन्तरको पराजयलाई बिर्साउने गरी मैदानमा उत्रिएको छु । यसपटक माहोल मजबुत पाएको छु ।
२.अघिल्लो चोटी उपाध्यक्षमा पराजित हुनुभयो, यसपटक अध्यक्षमा भिड्दै हुनुहुन्छ, जितको आधार के छ ?
व्यावसायिक साथीहरुको साथ सहयोग हुँदाहुँदै पनि झिनो अन्तरले पराजित भए, यसमा मैले केही बुझाउन सकिन होला, कतिपयलाई बढि बिश्वासमा पनि छाडियो, यसपटक सबैलाई सन्तुलन मिलाएको छु । जितको आधार साथीभाईको शुभेच्छा नै हो ।
३. अघिल्लोचोटी बिश्वासघातीहरुले डुबाए भन्न खोज्नुभएको हो ?
त्यस्तो होईन, व्यक्तिगत रुपमा म आफैले गर्नुपर्ने कतिपय कुराहरु गरिएन होला, यसलाई त्यसरी नै बुझौँ । तर संस्थाका साथीहरुले मलाई हराउँदा त्यसको नियती भोगीरहनुभएको छ । यसअर्थमा कृष्ण नै सही छ, भन्ने साथीहरुलाई लागेकै छ । त्यसैलाई भोटमा रुपान्तरण गरेर अगाडि बढ्छु ।
४. अघिल्लो चोटी तपाईका प्रतिष्पर्धी दिपक दाहालले चुनाब जिते, तपाईले हार्नुभयो उनले चै कस्तो काम गरे भन्ने लाग्छ ?
व्यक्तिगत रुपमा हामी अहिले पनि असल साथी हौँ । तर भिटोफले जे गर्नुपथ्र्यो त गरेको छैन, भनेपछाडी यसमा रहेका सबै टिमका साथीहरुको भुमिका पनि कहीँ न कही कमजोरी नै देखीन्छ । व्यक्तिगत कुरा मात्रैको बिषय रहेन ।
५. तपाईका एजेण्डा चै के छन ?
निन्द्रामा रहेको ग्रामिण पर्यटनलाई व्यूँताउने, होमस्टे एण्ड ट्रेकिङ ट्रेलको अवधारणालाई गतिशिल बनाउने र नामेट भएको भिटोफको पहिचानलाई उकास्ने गरी काम गर्छु भन्ने लागेको छ ।
५. तर भिटोफ नबिकरण नै छैन, यस्तोमा भोलि तपाई निर्वाचित भएर गएपनि अबैधानिक संस्थाको नेतृत्व भएर बस्न जाँदैछु,जस्तो लाग्दैन ?
त्यो अहिलेका कार्यसमितिका साथीहरुले जान्ने कुरा हो, के कारणले नबिकरण हुन सकेन । तर भोली म नेतृत्वमा पुग्दा अबैधानिक संस्थाको अध्यक्ष भएर रहने नभई संस्था बैधानिकता दिएरैै अगाडि बढ्छौ ।
६. संस्था नै नबिकरण नगरी भिटोफले बजारमा पैसा फिजाएको छ, दुई कार्यकालमा भिटोफको आम्दानी पनि लाखौँमा छ, यस्तोमा भ्रष्ट्राचार मौलाएको छ, भन्ने व्यावसायीहरुको आरोप त छनी ?
यदि त्यस्तो भएको भएपनि त्यसको लागि सम्बन्धीत निकाय छ, उसले अध्ययन अनुसन्धान गर्ला । व्यक्तिगत रुपमा अहिले नै मैले किटान गर्न सक्दिन ।

तपाईंको बिचार