Thursday, January 27, 2022

रमेश धमलाद्धारा केन्द्रिय सदस्यमा उमेद्धवारी घोषणा

प्रकाशित मिति: 2021/12/08

मंसिर २२, काठमाण्डौ । नेपाली कांग्रेस धादिङका निवर्तमान जिल्ला सभापति रमेश धमलाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उमेद्धवारी दिने घोषणा गरेका छन । आफु लामो समयदेखी कांग्रेसभित्र निष्ठाको राजनीति गर्दै आएको बताउने धमलाको संगठनात्मक कार्यशैली मजबुत भएका नेताका रुपमा परिचित छन । पर्यटन क्षेत्रमा समेत बिभिन्न पर्यटकीय संस्थाको नेतृत्व लिईसकेका धमला नेपाली पर्यटन बजारमा समेत डायनामिक व्यक्तित्वका रुपमा परिचित छन ।

नेपाली कांग्रेसको बिभिन्न तह र तप्कामा सक्रिय राजनीति गर्दै आएका धमला नेपाली कांग्रेस बिदेश बिभागको सदस्यको रुपमा समेत काम गरिसकेका नेता हुन । नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै जाँदा केन्द्रिय सदस्यका लागि निर्वाचन तयारीमा होमिएका धमलासँग उनको उमेद्धवारी तयारीका बारेमा सोधेका छौ ।
प्रश्तुत छ, नेपाली कांग्रेसका केन्द्रिय सदस्यका उमेद्धवार रमेश धमलासँग गरिएको कुराकानी जस्ताको तस्तै ।
तपाईको उमेद्धवारी किन ?
नेपाली कांग्रेसको सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टी भित्रको लोकतन्त्र संस्थागत गर्नको लागि असल नेतृत्व आवश्यक छ । यसर्थ नेपाली कांग्रेस पार्टी असल नेताको पार्टी बनाउन, आगामी प्रतिनिधी सभाको निर्वाचनमा कांग्रेस पार्टीलाई भरोसायोग्य पार्टीको रुपमा बिकशित गर्न, सिनियर नेतालाई सम्मान गर्दै नयाँ पुस्तामा कांग्रेस पार्टी प्रति भरोसा श्रृजना गर्न सकियोस भनेर नै केन्द्रिय सदस्यमा उमेद्धवारी घोषणा गरेको हुँ ।
२. तपाईको जित्ने आधार के छ ?
म तहगत रुपमा राजनीति गर्दै अगाडी आएको व्यक्ति हुँ । यसभन्दा अगाडी पार्टीका बिभिन्न तह र संगठनमा भुमिका निर्वाह गर्दै धादिङ जिल्लाको सभापति भएर समेत काम गरिसकेको छु । जिल्ला सभापतिका रुपमा काम गर्दा टिम वर्कलाई नै प्राथमिकता दिएर काम गरेको छु । बिचार सिद्धान्तमा प्रष्टता, नेताप्रति सम्मान, नितिप्रति अडिग, पार्टीको आदेश कार्यन्वयन गर्ने गराउने भुमिकालाई महत्वपूर्ण ढंगले भुमिका निर्वाह गरेकाले पनि साथीहरुले मेरो भुमिकालाई बुझिदिनुहुन्छ भन्ने लाग्छ ।
३. चुनाब जित्न त पार्टीभित्र प्यानलको कुरा पनि आउँछ, तपाई चै कता ?
पहिलो कुरा त म नेपाली कांग्रेस भएर आफुलाई उभ्याउने हो । स्वभाविक रुपमा पार्टीभित्र प्यानल छ । यसभन्दा अगाडी १३ औँ महाधिवेशनमा रामचन्द्र पौडेलको नेतृत्वमा मुलुक र कांग्रेसको जित हुन्छ भनेर लागेको व्यक्ति हुँ । यसअर्थमा अहिले पनि मेरो धारणा त्यही नै हो ।
४. भनेपछि पौडेल समुहको तपाई आधिकारिक उमेद्धवार भित्र रहेर प्रश्तुत भईरहनुभएको छ ?
पार्टी संगठनमा एक्लै हिडेर कहीँ कतै पुगिदैन, यो सबैले बुझेकै कुरा हो । मेरो उमेद्धवारीको औचित्य पनि मसँग निकट भएका नेता कार्यकर्ताहरुसँगको सल्लाहमै प्रश्तुत भएकाले यसमा अन्य कुरा भनिरहनु परेन । पार्टीका सिनियर नेता कार्यकर्ताहरुसँग छलफल गरेरै उमेद्धवारीको तयारी गरेका हिसाबले स्वभाविक रुपमा उहाँहरुको समर्थन हुन्छ भन्ने नै मेरो बुझाई हो ।
५. रमेश धमलालाई  भोट किन दिने ?
पार्टीभित्रका सबै तह र तप्काका नेता कार्यकर्तालाई मेरो यही अपिल छ की पार्टीमा असल चरित्र भएका व्यक्तिहरुलाई भोट दिन कन्जुस्याई गर्यौँ भने भोली हामी कांग्रेसीहरुले नै दुःख पाउने हो, मुलुकले दुःख पाउँछ । यसअर्थमा विवेकशिल भएर निर्णय गर्दा मेरो यसअघिको कार्यशैली, संगठनप्रति निष्ठावान व्यक्तित्वका हिसावले साथीहरुले न्याय गर्नुहुन्छ भन्ने लाग्छ ।

तपाईंको बिचार