धार्मिक पर्यटनलाई बढावा दिनु नै हाम्रो मुख्य काम हो
प्रकाशित मिति: 2015/04/02
धार्मिक पर्यटनलाई बढावा दिनु नै हाम्रो मुख्य काम हो
यस वर्षको महाशिवरात्रि कस्तो भयो ?
यस वर्षको महाशिवरात्रि समग्रमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । कुनै घटना, दुर्घटना भएन । त्यसैले पनि यस वर्षको महाशिवरात्रिबाट सन्तुष्ट हुनुपर्छ ।
अघिल्लो वर्षको भन्दा फरक के थियो ?
अघिल्लो वर्षका कमीकमजोरीहरुलाई ध्यानमा राखेर ती नदोहोरियोस् भन्नेतिर जोड दिई यस वर्षको महाशिवरात्रिमा सुरक्षा व्यवस्था मिलाएका थियौ । हरेक व्यवस्थापकीय पक्ष चुस्तदुरुस्त राख्नका लागि निकै पहल गरेका थियौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि अवधिभर सुरक्षाका निम्ति नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानलगायत सबै निकायसँग समन्वय गरेर काम गरेको थियो । त्यसमा प्रमुख जिल्ला अधिकारीलगायत सबैले सहयोग पु¥याउनु भयो । त्यसैगरी स्वयंसेवकलगायत धार्मिक सामाजिक संघसंस्थाहरुको पनि राम्रो सहयोग मिल्यो । त्यसैले गर्दा यो पर्व राम्रोसँग सम्पन्न भयो । यति हुँदाहुँदै पनि केही न केही कमजोरी त भइहाल्छ । ती निश्चय नै भएका छन् । पछि हामीलाई थाहा हुन आयो ।
यस वर्षको महाशिवरात्रिको लागि खर्च कति भयो ?
गएको सालको भन्दा बजेट घटाउनुपर्छ भनेर हामी लागेका थियौ । गत साल एक करोड दश लाख खर्च भएको थियो । यसपटक ९० लाख खर्च छुट्याइएको थियो । तर त्यति पनि खर्च नभएको अवस्था छ ।
अघिल्लो वर्ष एक करोड १० लाख, यस वर्ष ९० लाख पनि खर्च भएन कसरी ?
गत वर्षभन्दा यस वर्ष हामीले दाताहरुलाई परिचालन ग¥यौ । अधिकांश खर्च दाताहरुबाटै उठ्यो । त्यसैगरी गत वर्ष १६÷१७ हजार स्वयंसेवक जान्थ्यौं यस पटक थोरै गयौं । व्याज छपाउनेदेखि लिएर अन्य खर्च कम भयो । अघिल्लो वर्ष स्वयंसेवकदेखि प्रहरीसम्मलाई खाजा खानामा खर्च बढी भएको थियो । यस वर्ष हामीले त्यसलाई व्यवस्थित ग¥यौ ।
सहभागिताको हिसाबले यस वर्ष कस्तो छ ?
यस पटक विभिन्न नाकाहरुबाट गरिएको अध्ययनअनुसार समग्र पशुपति क्षेत्रमा ११ लाख भक्तजन पाल्नुभयो । पशुपतिनाथ दर्शन गनेर् राति एक बजेसम्ममा ६ लाखको संख्या पुग्यो । जुन गतवर्षभन्दा १५ प्रतिशत बढी हो ।
तपाईंले चुस्तदुरुस्त र व्यवस्थित भन्ने कुरा गर्नुभयो तर बढी पैसा तिनेर्लाई लाइन नै बस्नु नपनेर् जसले गर्दा पैसा तिर्न नसक्ने सर्वसाधारणले थप सास्ती खेप्नुपरेको गुनासो आएको छ नि ?
यो गलत कुरा हो । यहाँ हामीले चारवटा लाइन बनाएका थियौ जहाँ सशुल्क दर्शनको व्यवस्था पनि गरिएको थियो । जसको लागि एक हजार शुल्क तोकिएको थियो । जुन कोषका लागि आम्दानी र भक्तजनको सुविधाको कुरा पनि हो ।
त्यसो गर्दा त धनीलाई सुविधा गरिबलाई सास्ती भएन र ?
त्यो होइन सशुल्क दर्शनमा पनि लाइन थियो । तर त्यो लाइन तुलनात्मक रुपमा छोटो थियो ।
यस वर्षको आम्दानीचाहिँ कति भयो ?
गतवर्ष २ हजार टिकट छापिएको थियो । यस पटक ३ हजार छापेका थियौं जसमा २३ सय बिक्री भयो जसअनुसार हजारका दरले २३ लाख आम्दानी भयो । यसमा हामीले खाली सर्वसाधारणको सुविधाका लागि गरेका हौं । नत्र त कोषले जति पनि छाप्न सक्थ्यो नि ?
समग्र पशुपति क्षेत्रको अवस्था कस्तो छ ?
पशुपति क्षेत्र आफैंमा विश्व सम्पदा सूचीमा सूचीकृतदेखि लिएर राष्ट्रिय गौरवको योजना पनि बनेको छ । सरकारले यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि भनेर ३० करोड दिएको छ । त्यसमा हामीले खर्च गर्नसक्ने जति गर्न पाउँछौं । यसमा विभिन्न योजनाहरु हाम्रो कार्यक्रममा छन् । कतिपय टेन्डर भइसकेका छन् भने कति जाने क्रममा छन् ।
३० करोड खर्च गर्नका लागि तपाईंसँग के–के कार्यक्रम छन् ?
धेरैजसो पूर्वाधार निर्माणकै कुरा छन् । अघिल्लो वर्षका प्रोजेक्टहरुको निरन्तता दिने कुरा छ । जस्तो विद्युत् शवदाहगृह, जयबागेश्वरीदेखि आर्यघाटसम्मको बाटो बनाउने कुरा भयो । त्यस्तै भण्डारखाल जंगललाई संरक्षण गनेर् कुरा छ । तिलगंगादेखि पशुपतिसम्मको दर्शनमार्ग बनाउने कुरा पनि यसमा छ । त्यस्तै रक्तेश्वर सत्तल, बममुक्तेश्वर जस्ता कार्यक्रम पनि पूर्वाधार निर्माणका लागि छन् । त्यसैगरी संरक्षण संवद्र्धनका लागि केही काम भएका छन् । सामान्य मर्मतसंभारका लागि हाम्रो आन्तरिक स्रोतबाट पनि गछौर्ं । सरकारको बजेटबाट ठोस र देखिने काम गर्नुपर्छ । यस वर्षको योजनाका कामहरु भइरहेका छन् । त्यस्तै गुरुयोजनाको चौंथो चरणको तयारी गनेर् र त्यसका लागि भूउपयोग तथा संरचनागत गुरुयोजनाको पनि तयारी भइरहेको छ । त्यो काम प्राथमिकताको आधारमा हुन्छ । त्यसका लागि समय लाग्छ ।
नयाँ कार्यक्रमचाहिँ के–के छन् ?
यस पटक दर्शन गनेर् व्यवस्था कसरी चुस्तदुरुस्त गर्न सकिन्छ भन्ने विषयमा हामीले पहल गरेका थियौ । त्यसैबाट दर्शनार्थीहरुले ९÷१० घण्टा कुर्नुपनेर् अवस्था आएन । भविष्यमा हामीले अझ सजिलो तरिकाबाट दर्शन गनेर् व्यवस्थाको रुप परिवर्तन गनेर् सोचमा छौ । त्यसका लागि हेरौं अकोर् साल केही गरिएला ।
पशुपति क्षेत्रमा अझै पनि विभिन्न समस्याहरु छन् नि ?
युनेस्कोले कालोसूचीमा राख्ने खतराको संकेत गरेको थियो । त्यसका लागि हाम्रो सञ्चालक समितिले बाटो बन्द गनेर् निर्णय गरिसकेको छ । त्यो बाटो चाँडै नै बन्द हुन्छ । त्यस्तै पर्खाल बनाउनलाई टेन्डर आह्वान हुँदै छ । पार्किङ समस्याको रुपमा रहेको तिलगंगा क्षेत्रको पार्किङलाई हामीले हटाइसक्यौ । अब भएको पार्किङको व्यवस्थापनको कुरा छ । त्यो पनि व्यवस्थापनको क्रममा छ । यी सबै कुरा मिलाउनका लागि सबैको समन्वय जरुरी हुन्छ । त्यसैले सबैसँग समन्वय कायम गरेर जे गर्दा राम्रो हुन्छ हामी त्यही गछौर्ं । दिनको लाखौ मान्छे आउने ठाउँमा फोहोरमैला त भइहाल्छ । त्यसलाई हामीले व्यवस्थापनमा जोड दिइरहेका छौ ।
पशुपति धार्मिक पर्यटकीय क्षेत्र भएकाले पर्यटनसँग सम्बन्धित कार्यक्रमचाहिँ के छ ?
हाम्रो मुख्य काम पनि धार्मिक पर्यटनलाई बढावा दिने हो । धार्मिक पर्यटनलाई बढाउने क्रममा पर्यटकको बसाइँलाई हामी लम्ब्याउन चाहन्छौं । त्यसक्रममा आवश्यक कुरा हामी गनेर् नै छौ । पशुपति संग्रहालयको काम अगाडि बढ्दै छ । नाँचगान गनेर् ठाउँको पनि व्यवस्था गनेर् कुरा हुँदै
छ । यसले पर्यटकको बसाइँ लम्ब्याउन सकिन्छ । जसले पर्यटनसँग सम्बन्धित व्यवसायीहरुलाई पनि लाभ मिल्छ । टुरिष्ट इन्फरमेसन सेन्टर पनि बनेको अवस्था छ । जहाँ ठूलो संख्यामा पर्यटक बस्न मिल्छ । त्यस्तै शौचालय निर्माण गनेर् काम पनि छिट्टै अगाडि बढाउँदै छौ । भारत सरकारको सहयोगमा पाँच करोड बजेटमा शौचालयहरु निर्माण गदैर् छौ । त्यो शौचालय निर्माण भइसकेपछि एक दिनमा ७०÷८० हजार जनाले शौच गर्न सक्छन् । त्यसका साथै पूर्वाधार निर्माणलाई बृहत् रुपमा लैजान योजनामा छौ ।
विगतदेखि नै यस्तै योजनाको कुरा आउँछ तर कार्यान्वयन पक्ष प्रभावकारी हुनसकेको छैन नि ?
विगतमा के भयो भन्ने कुरा भन्दा पनि अहिले के भइरहेको छ भन्ने कुरा ध्यान दिनुपर्छ । मैले जतिमा कार्यक्रम तथा योजनाको कुरा भनेको छु त्यो कुनै काल्पनिक कुरा गरेको होइन । त्यो फिल्डमा गएर हेर्दा पनि थाहा हुन्छ ।
पशुपतिको रकम हिनामिना भएको विषयलाई कसरी हेर्नुभएको छ ?
त्यो बालुवा खानीको कुरा हो । त्यो कुरा अहिले पनि छानबिनकै क्रममा छ । अख्तियारका कुरामा हामी बोल्न मिल्दैन । त्यो कुरा विशेष अदालत जान लागेको छ । बालुवा खानी अहिले बन्द छ ।
तपाईंको बिचार