दीपक महत पर्यटन क्षेत्रमा सुपरिचित नाम हो । देशको सिंगो पर्यटन क्षेत्रमा विगत लामो समय
दीपक महत पर्यटन क्षेत्रमा सुपरिचित नाम हो । देशको सिंगो पर्यटन क्षेत्रमा विगत लामो समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गदैर् आउनुभएका महतले पर्यटन क्षेत्रमा पहिलो पटक आयोजना गर्न लागिएको पर्यटन महायज्ञ मूल आयोजक समिति अध्यक्ष भएर काम गरिरहनुभएको छ । ठमेललगायत पर्यटकीय गन्तव्यहरुको विकास सँगसँगै धार्मिक पर्यटनलाई बढावा दिने उद्देश्यका साथ आगामी बैशाख २४ गतेदेखि ३१ गतेसम्म काठमाडौंको लैनचौरमा पर्यटन महायज्ञको आयोजना गर्न लागिएको हो । जसलाई सफल पार्नको लागि महत हरतरहले लागिरहनुभएको छ । टानका पूर्वअध्यक्ष तथा राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (निट–नेपाल)को अध्यक्षसमेत रहनुभएका महतले समग्र पर्यटकीय सम्बद्ध संघसंस्थाहरुको प्रतिनिधित्व रहेको संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी)मा अदृश्य रुपमा महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ । उनै महतसँग पर्यटन महायज्ञको तयारी, निट नेपालको पछिल्लो अवस्था, नेपाल पर्यटन बोर्ड तथा समग्र पर्यटन क्षेत्रको समसामयिक विषयमा आधारित रहेर गन्तव्य नेपाल साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश खालिङले गर्नुभएको अन्तरंग ताजा संवादः
पर्यटन महायज्ञ के हो र यो किन आयोजना गर्न लागिएको हो ?
ठमेललगायतका पर्यकीय गन्तव्यहरुको वृद्धिविकास गर्नको लागि पहिलो पटक हामीले पर्यटन महायज्ञ आयोजना गर्न लागेका हौं । ठमेल आफैं पनि पूर्वाधार निर्माण र विकासका लागि लगानी गर्न र स्रोत जुटाउन तयार छ भन्ने एउटा सहभागितामूलक विकासको अवधारणाका साथ ठमेललाई पर्यटकीय आकर्षणको केन्द्रको रुपमा व्यवस्थित र थप सुविधा सम्पन्न बनाउनु पर्यटन महायज्ञको मुख्य उद्देश्य हो । विकासका लागि केही न केही स्थानीय सहभागिता हुनुपर्छ । खालि सरकार वा दातृनिकायमै आधारित हुन राम्रो होइन । अकोर् कुरा ठमेलमा बसेर व्यवसायीहरुले कमाएका पनि छन् । त्यसैले ठमेल उनीहरुको कर्म क्षेत्र हो । आफ्नो कर्म क्षेत्रप्रतिको दायित्व व्यवसायीहरुले महसुस गनेर् बेला आएको छ । ती बाहेक स्थानीयले पनि राम्रै कमाएका छन् । त्यसैले अब ठमेलको विकास गनेर् दायित्व पनि उनीहरुकै हो । पर्यटन महायज्ञ भनेको स्थानीय, व्यवसायी र सरोकारवाला आफैं पनि ठमेलमा लगानी गर्न सक्षम छन् भन्ने कुराको खोजी पनि हो । ठमेल साँघुरो छ, यहाँको पानी, ढल, विद्युत्लगायतमा समस्या छ । यसलाई दीर्घकालीन गुरुयोजनाको माध्यमबाट समाधान गर्न जरुरी भइसकेको छ । त्यसको लागि पनि हामीले महायज्ञ आयोजना गर्न खोजेका हौ । महायज्ञबाट प्राप्त आम्दानीमध्ये ७० प्रतिशत ठमेलमा र बाँकी ३० प्रतिशत ठमेलबाहिर खर्च गनेर् हाम्रो योजना छ ।
यसको तयारी कहाँ पुग्यो ?
पहिलो चरणमा हामीले १०५ सदस्यीय पर्यटन महायज्ञ मूल आयोजक समिति निर्माण गरेका छौ । यो समितिलाई पाँच हजार १ सदस्यीय बनाउने योजनाअनुरुप अघि बढिरहेका छौ । ताप्के तातेपछि मात्रै बिँड तात्छ भन्ने उखानझैं अहिले हामीले ठमेललाई नै तताइरहेका छौ । ठमेलमा अहिलेसम्म ठमेल पर्यटन विकास परिषद्मार्फत सञ्चालन र पछिसम्म क्रियाशील हुने गरी पर्यटन महायज्ञ तयारीकै क्रममा १३ वटा उपसमिति बनेका छन् । ती सबै उपसमितिका सदस्य संख्यामध्ये २५ देखि ५० जना सक्रिय छन् । विभिन्न पर्यटकीय संघ संस्थालाई पनि आबद्धताका लागि अनुरोध गरेका छौ । अहिलेको मूल आयोजक समितिको सूक्ष्म रुप बनिसक्दा यसको संरक्षकको रुपमा ठमेलका स्थानीयबासी तथा नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई अनुरोध गरेका छौ । त्यो कुरा उहाँले स्वीकारिसक्नु भएको छ । त्यसैगरी प्रमुख सल्लाहकारको रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठलाई अनुरोध गरेका छौ । उहाँले पनि स्वीकारिसक्नु भएको छ । त्यसैगरी हामीले अब पर्यटन मन्त्रीलाई संरक्षकको रुपमा रहिदिन अनुरोध गनेर् र चेम्बर अफ कमसं, उद्योग वाणिज्य महासंघलगायतका विभिन्न महासंघहरुलाई सल्लाहकारका रुपमा रहन अनुरोध गदैर्छौं । त्यसैगरी हरेक क्षेत्रका पर्यटन व्यवसायीहरु, अन्य व्यवसायीहरु, स्थानीयहरु, ठमेल बाहिर र ठमेलभित्रका सबैलाई समेट्नेगरी तयारी अघि बढाइरहेका छौं । समेट्ने सिलसिलामा पर्यटकीय गतिविधिको हिसाबले क्रियाशील देखिएको नगरकोट, भक्तपुर, पाटन, धुलिखेल, लुम्बिनी, पाल्पा, पोखरा, चितवन लगायतका देशैभर पर्यटनसँग सम्बन्धित व्यवसायीहरुलाई मूल समितिमा रहनका लागि अनुरोध गनेर्छौं । अब केही दिनपछि ठूलो भेला गदैर्छौ । त्यो भेलामा हरेक व्यक्तिको इच्छाअनुसार विभिन्न उपसमिति निर्माण गछौर्ं ।
विभागीय संयोजक, सचिव, सदस्यलगायत वर्गीकरण गरेर कार्य विभाजन गछौर्ं । समयको हिसाबले अब दुई महिना मात्र बाँकी छ । अहिलेसम्म जति तयारी गरेका छौं, त्यो ठीकै छ । अहिले आएर ४०÷५० उपसमिति बनाउनु पनेर् आवश्यकता देखिएको छ । यसतर्फ लागिरहेका छौ
यसअघि पटक–पटक पर्यटन महायज्ञको मिति सादैर् आउनुभएको छ, किन ?
पहिलो पटक पर्यटन महायज्ञको मिति तोक्ने काम ठमेल पर्यटन विकास परिषद्ले ग¥यो । त्यसमा मलाई संयोजक रहिदिन भनियो । त्यसपछि मैले समय पुग्दै भनेर अनुरोध गदैर् आएको थिएँ । सोही अनुरुप तोकिएको समय अपर्याप्त भएको महसुस भएपछि मिति स¥यो । पछि लैनचौरमा पर्यटन महायज्ञ गनेर् भन्ने थियो । त्यसका लागि लैनचौर, भगवानबहाल लगायतका ठाउँमा हामीले हे¥यौ । त्यहाँ सडक निर्माणको कार्यले बाधा ग¥यो । त्यसपछि २०७२ वैशाख २४ गतेदेखि ३१ गतेसम्मको लागि तोकिएको छ यो । यो मिति गुरुको समय पनि मिल्ने र लैनचौरको सडक पनि बनिसक्ने हुनाले यही मितिमा हामीले पर्यटन महायज्ञलाई सभ्य र भव्य रुपमा सम्पन्न गछौर् । अब कुनै पनि हालतमा मिति सदैर्न ।
महायज्ञबाट आम्दानीको हिसाबले कति उठाउने लक्ष्य लिनुभएको छ ?
पर्यटन महायज्ञको पूर्वतयारी गर्नको लागि नै करिब ३० देखि ४० लाखसम्म लाग्छ । हामीले ५ करोडभन्दा बढी रकम महायज्ञबाट आउने अनुमान गरेका छौ । पर्यटन महायज्ञका गुरु पण्डित दिनबन्धु पोखरेलले १० करोडभन्दा माथि उठाउनुपर्छ भन्नुभएको छ । तर, महायज्ञ भन्नेबित्तिकै सेन्टिमेन्टल ब्ल्याकमेलिङ गरेर भक्तसँग बढाईचढाई गरी धेरै दान दिन अभिप्रेरित गनेर् गरिएको छ । त्यो कुरामा हामी अत्यन्तै सचेत भएर लागेका छौं । हामीले एउटा नारा नै बनाएका छौ, ‘सक्नेले धेरै गरौ नसक्नेले थोरै गरौं तर केही न केही त सबैले गरौ ।”
पर्यटन महायज्ञमा किन आउने ?
पर्यटन महायज्ञलाई हामीले पर्यटन पूर्वाधार विकासका लागि साधनको रुपमा प्रयोग गरेको जस्तो पनि देखिन्छ । यहाँ के छ भन्दा हामीले धार्मिक पर्यटनको कुरा ग¥यौं तर, पर्यटन व्यवसायी साँच्चै यसमा लागेको देखिन्न । त्यसैले गर्दा भक्तजनको नजिकमा बसेर पनि पर्यटनको विकास हुन सक्छ । अहिलेसम्म जति पनि महायज्ञ भए तिनमा भागवत गीतासँग सम्बन्ध राखेर धार्मिक र भक्तजनका आस्थाका कुरा त भए तर धार्मिक आस्था भएका मानिसलाई पर्यटनको महत्व बुझाउन र पर्यटन क्षेत्रको माध्यम धार्मिक र धर्मको माध्यमबाट पर्यटनको पनि विकास, विस्तार गनेर् भनेर सहकार्य गनेर् सवालमा यो ठूलो आयामको रुपमा सावित हुनेछ । हामीले धार्मिक पर्यटनको कुरा गरेअनुसारको काम गर्न सकेका छैनौं । बुद्धिजमको कुरा ग¥यो भने त्यो चाहिँ पर्यटनसँग सम्बन्धित हुने हिन्दुजमको कुरा ग¥यांै भनेचाँही रुढिवादी, अन्धविश्वास हुने भन्ने खालका पुरातनवादी सोच छ । धार्मिक पर्यटनले बुद्धिष्ट, मुस्लिम, क्रिश्चियन र हिन्दु सबैलाई समेट्छ । धार्मिक पर्यटनका लागि नेपाली विदेश जान्छन् भने हामीले चाहिँ किन विदेशीलाई नेपाल भित्र्याउन प्रयत्न नगनेर् ? यसले धार्मिक पर्यटनका माध्यमबाट समग्र पर्यटन क्षेत्रलाई फाइदा पुग्छ भने धर्मलाई पर्यटनसँग किन नजोड्ने ? यो महायज्ञमा हिन्दुत्वको मात्रै नभएर सबै धर्मसँग सम्बन्धित कुरा हुनेछ । यद्यपि, पर्यटन महायज्ञ धार्मिक पर्यटन प्रवद्र्धन र विकासको लागि एउटा कोशेढुङ्गा सावित हुने विश्वास हामीले लिएका छौ।
तपाईं निट नेपालको अध्यक्ष पनि हुनुहुन्छ, पछिल्लो समय उत्पन्न विवादले निटलाई फुटतर्फ धकेलेको हो ?
त्यो सम्भव छैन । निट नेपाल फुटको सन्दर्भमा पत्रकारबाट आएको पहिलो चोटीको प्रश्न हो । अन्य संघ संस्था पटक–पटक फुट देखिएको छ तर निटमा देखिएको विवादले निट नेपाल पनि फुटतिर गएको हो कि भन्ने लाग्नु स्वाभाविक हो । यथार्थमा निट नेपाल फुटाउन सम्भव छैन । निटका केही साथीहरु संस्थाको संस्थापकको रुपमा आफू पनि रहन पाउनुपनेर् कुरा उठाउनुभएको छ । धेरैजसो संघसंस्था सुरुमै दर्ता भएर विस्तार हुन्छ । संघसंस्थाहरुमा सुरुमै दर्ता गर्दा वषौर्ंसम्म कामै नहुने वषैर्पिच्छे नवीकरण गर्नुपनेर् र पछि बन्द गर्न पनि अप्ठ्यारो हुने समस्या छ । यस्तै विभिन्न झमेलाबाट बच्न हामीले निट नेपालको दर्ता अहिले आएर मात्रै ग¥यौ । हामीले सुरुमै संस्था दर्ता नगरी निटको नाममा विस्तार गदैर् गयौं र हे¥यौं संस्था टिक्छ कि टिक्दैन ? अहिले आएर हामी संस्था टिक्छ भन्नेमा ढुक्क भयौं र दर्ताको प्रक्रियामा गयौं । संस्था दर्ताको प्रक्रियामा जाँदा संस्थापक सदस्य बन्न इच्छा गनेर्को संख्या ठूलो भयो । सिडिओ कार्यालयमा दर्ता गर्दा बढी संख्या नलिने प्रचलनले गर्दा केही साथीहरुले चित्त दुखाउनु भएको हो ।
यसबाट गुट उपगुटको सुरुवात त भयो नि होइन ?
हैन विश्वास गर्नुस् गुटबन्दी भएकै छैन र हुन्न । किनभने यस्तो समस्या हिजो नारा, टानको चुनावको बेला पनि आएको थियो । संस्थागत सदस्य बन्ने मामिला यस्तो कुरा पहिला पनि आएको थियो । असन्तुष्ट साथीहरु हामीसँगै हुनुहुन्छ । हाम्रो छलफल निरन्तर भैरहेको छ । को कहाँ कति जना कताबाट आयो हामीलाई थाहा छैन । साथीहरुको चित्त दुखाईको कुरामा छलफल हुन्छ र छलफलकै माध्यमबाट समस्याको समाधान हुन्छ ।
यसलाई दीपक महतमाथिको प्रहार भनेर बुझ्दा कसो होला ?
त्यसरी लिनुहुन्न । म पर्यटन क्षेत्रका विभिन्न व्यक्तित्वहरुमध्ये एक व्यक्ति मात्र हुँ । संस्थामा टीकाटिप्पणीहरु हुन्छन् । हामीकहाँ व्यक्तिगत रुपमा त्यसरी टीकाटिप्पणी भएको छैन । म पनि एउटा निश्चित समयपश्चात् साथीहरुलाई आफ्नो पद र जिम्मेवारी हस्तान्तरण गरेर निस्कन चाहन्छु । अहिले नै मैले निट छाड्ने कुरा गरेँ भने साथीहरु निराश हुन्छन् । त्यसैले यहाँ प्रहार हुन कुरै छैन ।
तपार्इंकै कारणले निट नेपाल एक ढिक्का थियो । यसपाली त मिलाउन सक्नुभएन नि ?
निट–नेपालका साथीहरुमा भएको प्रतिबद्धतालाई म बुझ्छु । तपाईंले भनेजस्तो निटमा फाटो आइदिए हुन्थ्यो भन्ने होला । प्रहार गनेर् मनसाय पनि होला । त्यसको ठोस जानकारी मलाई थाहा छैन । तर म ढुक्क छु कि निटमा आबद्ध साथीहरुबाट यस्तो कार्य भएको छैन । बाहिर छ भने हामीलाई थाहा हुने कुरा भएन ।
यसमा कहीं भारतको हात त छैन ?
हा..हा..हा...(हाँस्दै) भारतको हात भए हाम्रो सरोकारको विषय भएन । यदि कसैले त्यस्तो इच्छा पालेर बसेका छन् भने पनि हाम्रो चासोको विषय भएन । तर, त्यस्तो छ जस्तो मलाई लाग्दैन ।
प्रसंग बदलौ, अहिले सिङ्गो पर्यटन क्षेत्रमा समस्यै समस्या छ, यसलाई निकास के हुनसक्छ ?
आन्दोलनपश्चात् अहिलेको अवस्थासम्म हेर्दा पर्यटन बोर्ड संक्रमणकालबाट गुज्रेको अवस्था छ । बोर्डमा ऐन तथा नीतिनियमसहितको पुनर्संरचनाको
खाँचो छ । अहिले बोर्डमा निजी क्षेत्रबाट नयाँ सदस्यहरु आउनुभएको छ । पुनर्संरचनालगायतको काम हुँदै छ । बोर्डलाई गतिशील बनाउन तथा आम मानिसको आस्था र विश्वास जित्न केही समय निश्चित रुपमा लाग्ने देखिन्छ । किनभने लामो समयदेखि त्यहाँ अराजकता र उच्छृङ्खलता मौलायो । अब त्यसलाई सुधार गरेर अगाडि बढ्न केही समय लागिहाल्छ ।
जेटिसिसिको आन्दोलनपछि केही समिति बनेका थिए । ती समितिहरुले काम गरेको देखिँदैन नि ?
पर्यटन बोर्ड पर्यटन मन्त्रालयको क्षेत्रको रुपमा बसेको छ । यसको सदस्य सचिवदेखि संयोजक पर्यटन मन्त्रालयका उपसचिव र सहसचिव हुनुहुन्छ । हामीले पटक पटक बैठक बसेर निजी र सरकारी क्षेत्रको समेत धारणालाई पेस गरेका छौँ । अन्तिम ड्राफ्टको रुपमा हो तर त्यसमा ढिलाइ भइरहेको छ । मैले सार्वजनिक रुपमा भनेको पनि छु अहिलेसम्म दस्ताबेज किन आएन भनेर । सिइओ नियुक्तिको कुरा पनि अघि बढेको छैन । सिइओ छनोटको सन्दर्भमा पुरानै प्रक्रियाबाट अघि बढ्नुपर्छ भन्ने हाम्रो धारणा हो । नयाँ प्रकृयामा थाल्नासाथ फेररि मुद्दा र मामिलाका कुराहरु आइहाल्छन् । नयाँ प्रकृयामा जाँदा पुनः नयाँ खेल सुरु भइहाल्छ । फेरि त्यहि बाटो अवलम्बन गनेर् हो भने सिइओ नियुक्ति कहिल्यै नटुंगिने स्थिति हुनसक्दछ ।
अब के पर्यटन व्यवसायी तथा सम्बन्धित निकायले धैर्यमात्रै गनेर् हो कि केही कदम पनि चाल्ने ?
अब जेटिसिसिले फेरि आफ्ना कुराहरुलाई सम्बन्धित निकायमा पु¥याउनुपर्छ भन्ने लागेको छ । हामी धैर्य पनि गछौर् । पर्यटन मन्त्रालयलाई सहयोग पनि गछौर् । तर हाम्रो कुराहरु आन्दोलनको बलले सुनिएको हो । सुनुवाई हुन बाँकी कुराहरु यति समय लाग्नुपनेर् कारणहरु केही छैन । यो मन्त्रालयबाटै ढिलाई भइरहेको छ भन्ने कुरा घामझैं छर्लङ्ग छ । हामीले पेस गरेको विचार र सुझावसहितको खेस्रालाई अन्तिम रुप दिएर अगाडि ल्याउनुहुन्न । त्यसलाई आउने संसद्को कार्बाहीमा विधेयकको रुपमा पेस गरेर नेपाल पर्यटन बोर्डको ऐन संशोधन गर्नुपनेर् र कतिपय कुराहरु मन्त्रालय स्तरबाटै, कतिपय पर्यटन बोर्डबाट सुधार गर्न सकिने स्थिति हुँदाहुँदै यस्ता कुराहरुमा ध्यान दिइएको पाइँदैन । यस्तै स्थिति रहिरहने हो भने फेरि दबाब दिने स्थिति आउन सक्छ । म सबै साथीहरुलाई धैर्यको साथसाथै पर्यटन क्षेत्रलाई निकास दिनको लागि सक्रिय भइदिनुहुन अनुरोध गर्न चाहन्छु ।
अन्त्यमा केही सन्देश दिन चाहनुहुन्छ ?
हुन त अघि गुट, पर्यटनमा देखिएका समस्याका कुरा गरियो । यतिबेलाको स्थिति निजी क्षेत्रका साथीहरु एकमतका साथ जसरी हामीले आन्दोलनका क्रममा पर्यटन बोर्डमा लग्यौँ, त्यही ऐक्यबद्धता आज पनि आवश्यक देखिएको छ । यदि हामी फुट्यौं भने पर्यटन क्षेत्रले गति लिन सक्ने अवस्था रहँदैन । सबै साथीहरु जेटिसिसिको एकता र आन्दोलनमा जुट्नुपर्छ । अबका दिनमा जेटिसिसिले फेरि अब कुनै रुपबाट अलि सक्रिय हुनैपनेर् देखिएको छ ।
तपाईंको बिचार