Tuesday, August 4, 2020

सिन्धुपाल्चोकमा बाढीको वितण्डा

प्रकाशित मिति: 2020/07/09

काठमाडौं, २५ असार।  सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । बाढीका कारण २० भन्दा बढी घर बगाएको छ, ठाउँठाउँमा अरनिको राजमार्ग कटानका कारण अवरुद्ध भएको छ, आधा दर्जन जति सवारी साधनमा बाढीले क्षति पुर्‍याएको छ ।

स्थानीय जम्बु खोलामा बाढी आउँदा बाह्रबिसे नगरपालिका– ५ का २० वर्षका निकेश बस्नेत र उनकी डेढ वर्षकी छोरी निउना बस्नेतको शव भेटिएछ । गम्भीर घाइते भएकी निकेशकी पत्नी सविना बस्नेतलाई कैलाश हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ ।

अन्यको बेपत्ताहरुको खोजी कार्य भइरहेको छ । 

तपाईंको बिचार