Tuesday, August 4, 2020

भदौदेखि नेसनल पेमेन्ट गेटवे सञ्चालनमा आउने

प्रकाशित मिति: 2020/07/10

काठमाडौं, २६ असार । पेमेन्ट गेटवेको अभावका कारण उपभोक्ताले भोग्दै आएको मुलुकभित्र र मुलुक बाहिरको इलेक्ट्रोनिक (विद्युतीय)  भुक्तानीको असहजता हट्ने छ।

आगामी भदौदेखि सरकारले एकीकृत नेसनल पेमेन्ट गेटवे सञ्चालनमा ल्याउने बताइएको छ ।  सरकारले लिने र दिने भुक्तानीसँगै छरिएर रहेका निजी वालेट तथा कार्डको कारोबार, अन्तर्राष्ट्रिय भुक्तानीका क्षेत्रसमेतलाई एउटै पेमेन्ट गेटवेमा समेटिने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ।

केन्द्रका कार्यकारी निर्देशक सुनील पौडेलका अनुसार पेमेन्ट गेटवे सञ्चालनमा ल्याउन आवश्यक अन्तर्राष्ट्रियस्तरको मापदण्डमा पूर्वाधार तयार भइसकेको छ। 

तपाईंको बिचार