Thursday, April 22, 2021

चिनियाँ जहाजको व्यवस्थापनबारे पर्यटनले अर्थसँग माग्यो राय

प्रकाशित मिति: 2020/08/28

काठमाडौं, १२ भदौ । नेपाल वायुसेवा निगमले सञ्चालन तथा व्यवस्थापनबाट हात झिकेका ६ वटा चिनियाँ जहाजको व्यवस्थापनलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयको राय मागेको छ । अर्थले दिने रायका अनुसार नै जहाज व्यवस्थापनको प्रक्रिया अगाडी बढ्ने पर्यटन मन्त्री योगेश भट्टराईले बताएका छन् ।

पटक–पटकको अध्ययनपछि निगम यी जहाज चलाउँदा फाइदा नहुने निष्कर्षमा पुगेको हो । यी जहाजको नेपाल सरकारले ऋणसमेत भुक्तानी गर्न बाँकी छ । सोहीकारण अर्थले दिने रायका आधारमा मन्त्रालयले प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा लैजाने भएको छ ।

 यसअघि निगमले गत साउन १६ बाट ६ वटै जहाज संचालन नगर्ने निर्णय गरी मन्त्रालयमा पत्र लेखेको थियो । निगमले आफुले जहाज नचलाउने भन्दै व्यवस्थापन गर्न सरकारको जिम्मा लगाएको थियो । यी जहाजको स्वामित्व समेत नेपाल सरकारसँग नै रहेको छ ।

तपाईंको बिचार