Thursday, April 22, 2021

सकियो घिसिङको कार्यकाल, नयाँ कार्यकारी निर्देशक को ?

प्रकाशित मिति: 2020/09/14

काठमाडौं, २९ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएको छ। २०७३ भदौ २९ गते ४ वर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी प्रमुख पदमा नियुक्त भएका घिसिङको कार्यकाल आइतबार सकिएको हो। 

घिसिङको कार्यकाल सकिन लागेसँगै उनलाई प्राधिकरणकै कार्यकारी प्रमुखमा दोहोर्‍याउनुपर्ने सार्वजनिक दबाब बढेको छ। तर अहिलेसम्म सरकारले भने उनको पुनर्नियुक्तिको औपचारिक प्रस्ताव तयार गरेको छैन। 

तर ऊर्जा मन्त्रालय स्रोतका अनुसार घिसिङसँगै प्राधिकरणकै उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र विद्युत विकास विभागका महानिर्देशक निवनराज सिंहले लबिङ गरिरहेका छन्। 

 

तपाईंको बिचार