Friday, June 5, 2020

इगल हन्टर म्यानपावरका सञ्चालक पक्राउ

प्रकाशित मिति: 2019/07/05

असार २०, काठमाडौं । सामाखुसीको टाउन प्लानिङस्थित इगल हन्टर ओभरसिज सर्भिसेज प्रालिका सञ्चालक छविलाल कुमार राई पक्राउ परेका छन् । ४ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेका हुन् ।

राईले सिसेल्स र माल्टामा रोजगारी दिलाइदिने भन्दै ४ करोड बढी ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले जानकारी दिए। 

सिसेल्सको जेल गार्डमा लगाउने भन्दै उनले सयौं युवाबाट लाखौं रुपैयाँ असुलेका थिए। पैसा असुलेर विदेश नपठाएपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि राई फरार भएका थिए।

तपाईंको बिचार