Sunday, January 17, 2021

छोराछोरी उद्धारको माग गर्दै चीनमा रहेका विद्यार्थीको अभिभावक स्वास्थ्य मन्त्रालयमा

प्रकाशित मिति: 2020/02/06

२३ माघ, काठमाडौं । चीनमा रहेका नेपालीको अभिभावकले आफ्ना आफन्तको तत्काल उद्धारको माग गरेका छन् । बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेका उनीहरुले तत्काल उद्धार गरी नेपाल ल्याउन माग गरेका हुन् । मन्त्रालयमा पुगेका ३० जना अभिभावकले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको बताएका छन् । घरमा झ्याल ढोका बन्द गरेर बस्नुपरेको र खानेकुरासमेत नपाएको अभिभावकहरुले बताएका छन् ।

तपाईंको बिचार