Friday, January 22, 2021

डब्लुएचओको मापदण्ड पूरा हुने बित्तिकै चिनमा रहेका नेपालीको उद्धार गर्छौ : परराष्ट्रमन्त्री

प्रकाशित मिति: 2020/02/07

२४ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड पूरा नभएका कारण वुहानमा रहेका नेपालीहरुको उद्धारमा ढिलाइ भइरहेको स्वीकार गरेका छन् । वुहानमा रहेका विद्यार्थीका अभिभावकले छोराछोरीलाई उद्धार गर्न सरकारलाई दबाब दिइरहेका छन् । बिहीबार स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका उनीहरुले शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई छुट्टाछुट्टै भेटेका थिए । उनीहरुले आफ्ना छोराछोरीलाई कहिले उद्धार गर्ने मिति तोक्न आग्रह गरेका थिए ।

जवाफमा मन्त्री ज्ञवालीले उद्धारका लागि सरकारको काम गरिरहेको भन्दै मिति तोक्न बाध्य नबनाउन आग्रह गरे । उनका अनुसार वुहानमा रहेका नेपालीहरुको उद्धारका लागि अहिले नेपालमा डब्लूएचओको मापदण्डअनुसार संरचना तयार भएको छैन ।

तपाईंको बिचार