Wednesday, January 20, 2021

बिनोद सापकोटा निर्मित फिल्म ‘लभ डायरीज’ ले पर्यटन व्यावसायीसँग आज भेटघाट गर्दै

प्रकाशित मिति: 2020/02/09

माघ २६, काठमाण्डौ । सुशिल श्रेष्ठ, रुबिना थापा र बिश्वजित रिमाल अभिनीत ‘लभ डायरीज’ को प्रदर्शन मिति सार्वजनिक भएसँगै फिल्मका बारेमा जानकारी दिन आज गोकर्ण हाउस रिर्सोट क्षेत्रपाटीमा पर्यटन व्यावसायी तथा पत्रकारहरुसँग भेटघाट गर्ने भएको छ ।

अपरान्ह ४ बजे हुने कार्यक्रममा पर्यटन व्यावसायी, पत्रकार, चलचित्रसँग सम्बन्धीत फिल्मकर्मीहरु, निर्देशक, निर्माता, लगायत शुभेच्छुकहरुको बाक्लो उपस्थीति रहने आयोजकले जनाएको छ । फेब्रुअरी १४, भ्यालेन्टाईन डेका दिनबाट नेपाल अधिराज्यभरका चलचित्र भवन र अष्ट्रेलियाको मेलबर्नमा समेत एकसाथ रिलिज हुने यो फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको छ । निर्माता बिनोद सापकोटाले चलचित्रमा प्रेम, बिछोड र हास्यव्यंग्यको त्रिकोणात्मक प्रश्तुती रहेको भन्दै दर्शक श्रोताको मनमा बस्ने चलचित्र बनेको बताए । युवापुस्ताको प्रेम सम्बन्धलाई गहिरो रुपमा प्रश्तुत गरिएको चलचित्र परिवारका बिचमा बसेर हेर्न सकिने किसिमले निर्माण गरिएको बताए ।
सौरभ चौधरीले निर्देशन गरेको चलचित्रमा साहिल खान एसोसिएट डिरेक्टरका रुपमा रहेका छन । जो चलचित्रको ट्रेलर निर्माणमा ख्याति कमाएका व्यक्ति हुन ।
विगतमा चलचित्र भन्दा फरक क्षेत्रमा क्रियाशिल भएको भएपनि आफ्नो श्रृजनात्मक सोचलाई चलचित्र मार्फत प्रश्तुत गरेको भन्दै निर्माता सापकोटाले चलचित्रले सबैको मन जित्नेमा आफू विश्वस्त रहेको बताए । निर्माता सापकोटाले सम्पूर्ण ट्राभल ट्रेडमा आवद्ध व्यावसायी तथा शुभचिन्तकहरुलाई कार्यक्रममा उपस्थीति भईदिनुहुन अनुरोध समेत गरेका छन ।

तपाईंको बिचार