Thursday, January 28, 2021

किशोरी बेचबिखन प्रयासको अभियोगमा दुई जना पक्राउ

प्रकाशित मिति: 2020/02/10

२७ माघ, गोरखा । १७ बर्षकी किशोरी बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ बर्षका भीमप्रसाद ढकाल र ३९ बर्षका रामवावु दूतराज बिक लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वासुदेव खतिवडाले बताए ।उनीहरुले चितवनतर्फ लैजाँदै गर्दा किशोरीलाई शंका लागी भागेर घर फर्किएकी थिइन् । त्यसपछि घटनाबारे आमालाई सुनाएकी थिइन् । आमाले आफन्तसँगको सल्लाहमा ढकाल र दूतराजविरुद्ध प्रहरीमा जाहेरी दिएका डीएसपी खतिवडाले बताए ।   प्रहरीमा जाहेरी परेपछि ढकाल र दूतराजलाई प्रहरीले गाउँबाटै पक्राउ गरेको हो । उनीहरु विरुद्ध बेचविखन तथा मानव ओसारपसार कसूर अन्तर्गत प्रहरीले अनुसन्धान सुरु गरेको छ ।  

तपाईंको बिचार