Sunday, January 24, 2021

डा. महतले नुवाकोट ढाँडाखर्कको खानेपानी आयोजना फागुन ३ गते उद्घाटन गर्ने

प्रकाशित मिति: 2020/02/10

माघ २७, नुवाकोट । तारकेश्वर गाउँपालिका वडा १ स्थीत ढाँडाखर्कमा निर्माणाधिन खानेपानी आयोजना पूरा भएसँगै    आगामी फागुन ३ गते उद्घाटन हुने भएको छ ।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले उद्घाटन गर्ने उक्त खानेपानी आयोजनाको कार्यक्रममा बिशिष्ट अथितिका रुपमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद बहादुरसिंह लामा तामाङ रहेका छन ।
उक्त कार्यक्रममा बिभिन्न पार्टीका नेता तथा कार्यकर्ता लगायत स्थानियबासीहरुको बाक्लो उपस्थीति रहने बताईएको छ । स्थानिय समाजसेवी तथा गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी अबिरलले ढाँडाखर्क खानेपानीको आयोजना आफ्नो पहलमा डेढ महिनाको अन्तरालमै कार्यसम्पन्न गरेर स्थानियलाई हस्तान्तरण गर्ने कार्य पुरा भएसँगै खुसी व्यक्त गरेका छन । अधिकारीले ढाँडाखर्ककै बाँकी रहेका घरहरुमा पनि छिट्टै नै खानेपानी योजना पुर्याउने बताउँदै यसको लागि आन्तरिक गृहकार्य भईरहेको बताए । खानेपानी योजनाको नेतृत्व लिएका बरिष्ठ पर्यटन व्यावसायी तथा समाजसेवी मोहन लम्सालले आफ्नो समाजसेवाको रफ्तार जारी रहेको बताउँदै खानेपानीको योजना सम्पन्न गरेर स्थानियलाई हस्तान्तरण गर्ने अवशर पाउँदा आफू गौरवान्वित भएको बताए । लम्सालले निश्वार्थ भावले आफ्नो समाजसेवाको महान अभिलासा पूरा भएको बताए । ढाँडाखर्क खानेपानी योजना स्वीस नागरिक बनहार्ट बुलर र उनको टीम, बरिष्ठ पर्यटन व्यावसायी तथा समाजसेवी मोहन लम्सालको नेतृत्व र स्थानिय समाजसेवी शिव अधिकारी अबिरलको पहलमा सुरु भएको थियो । स्थानिय समाजसेवी तथा थरुनीथाप्लो खानेपानी आयोजना, ढाँडाखर्कका अध्यक्ष सिताराम अधिकारीले यही फागुन ३ गते शनिबारका दिन हुने खानेपानी उद्घाटनमा सहभागिताका लागि आम जनसमुदायलाई हार्दिक अनुरोध समेत गरेका छन ।

तपाईंको बिचार