Saturday, January 23, 2021

एमसीसी कार्यदलले प्रतिबेदन लेख्न भ्याएन, म्याद थप्न नेतृत्वसँग आग्रह

प्रकाशित मिति: 2020/02/11

२८ माघ, काठमाडौं । झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलले १० दिनको समयसीमाभित्र प्रतिवदेन तयार पार्न नसक्ने निश्कर्ष निकाल्दै म्याद थपका लागि नेकपा नेतृत्वसँग आग्रह गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको तीन सदस्यीय कार्यदलको बैठकले म्याद थपका लागि नेकपा सचिवालयसमक्ष माग गर्ने निर्णय गरेको हो । गत माघ १९ गते नेकपा केन्द्रीय कमिटीको बैठकले झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले पाएको १० दिने समयसीमा (भोलि) बुधबार सकिँदैछ । कार्यदल गठन भएको भोलिपल्टदेखि नै अध्ययन सामाग्रीहरु जुटाएर काम गर्दा पनि प्रतिवेदन लेखनमा समय नपुगेकाले म्याद थपका लागि पार्टीसँग आग्रह गर्ने निर्णय गरिएको स्रोतले बतायो । मंगलबार सिंहदरबारको बैठकपछि कार्यदलका संयोजक झलनाथ खनालले   लेखन कार्य नभ्याईने अवस्थामा म्याद थपका लागि आग्रह गरिने बताए ।

तपाईंको बिचार