Sunday, January 17, 2021

बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रीमा रामेश्वर फुयाँल नियुक्त

प्रकाशित मिति: 2020/02/12

२९ माघ, काठमाडौं । वामगती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त भएका छन् । फुयाँलको आजै अपराह्न ४ बजे सपथग्रहण तय भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेपछि यो मन्त्रालय मुख्यमन्त्रीसँगै थियो । प्रधानमन्त्री केपी ओलीसँग केहीदिनअघि मुख्यमन्त्री पौडेलले भेटेर मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए ।काठमाडौंको क्षेत्र नम्बर ३ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका फुयाँल नेकपा केन्द्रीय सदस्य तथा हाल प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हुन् । फुयाँल ०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा पनि विजयी भएका थिए । २०५४ मा काठमाडौंको जिल्ला विकास समिति उपसभापति बनिसकेका फुयाँल साविक आलापोट गाविसको पूर्वअध्यक्षसमेत हुन ।

तपाईंको बिचार