Saturday, January 23, 2021

नेकपा सांसदले भने – एमसीसीको भाइरस तलसम्म पुगेको छ

प्रकाशित मिति: 2020/02/12

२९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले अमेरिकी सहयोग निकाय एमसीसीबारे जनस्तरमा अपब्याख्या भइरहेको भन्दै संसदमा बेलैमा छलफल गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गजेन्द्रबहादुर महतले जनस्तरमा एमसीसीबारे नकारात्मक भावना फैलाउने काम भएकाले बेलैमा सही ब्याख्या दिन नसके निर्णय गर्ने बेला ढिला हुने बताए । सांसद महतले एमसीसीबारे नेपालमा भइरहेको बहस तथा सांसद महतले समयमा नै संसदमा छलफल भएर उचित ब्याख्या दिन नसके एमसीसीविरुद्धको भ्रम चिर्नं कठिन हुने बताए ।

 

तपाईंको बिचार