Monday, January 18, 2021

रुघाखोकी जाँच्न मन्त्रालयको टोली सिन्धुपाल्चोक प्रस्थान

प्रकाशित मिति: 2020/02/12

२९ माघ, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेपछि स्वास्थ्य मन्त्रालयको टोली जाँच गर्न त्यसतर्फ गएको छ । जुगल गाउँपालिका स्वास्थ्य शाखाका संयोजक अनिल साउदका अनुसार स्वास्थ्य मन्त्रालयको टोली बुधबार साँझसम्म आइपुग्ने बताए । सिन्धुपाल्चोकको बिरामीको अवस्था सुन्दा कोरोना नभएको भन्ने देखिए पनि शंका निवारण गर्न स्वास्थ्यकर्मीको टोली बिरामी रहेको गाउँमा पठाउने उनले बताए ।

 

तपाईंको बिचार