Sunday, January 17, 2021

कांग्रेस सांसदको प्रश्न : सरकार यती समूहसँग किन सती गएको ?

प्रकाशित मिति: 2020/02/12

२९ माघ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले यती समूहसँग सरकार सति जानुको कारण के हो भनी प्रश्न गरेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारले काठमाडौंको गोकर्ण रिसोर्ट, ताहाचल, दरबारमार्गको जग्गा, पाथीभरा, धरान, शिवपुरीको जग्गा पनि यति समूहलाई फाइदा पुग्ने गरी दिइएको भन्दै सो प्रश्न गरेकी हुन् । उनले भनिन् ‘सरकार यतीसँग सति जानुको कारण के हो ? सरकारले एउटा ब्यापारी समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुको कारण के हो ?’ कोरोना संक्रमित क्षेत्र चीनबाट नेपालीले आफूहरुको उद्धार गर्न माग गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली सारंगी साँझमा व्यस्त रहेको भन्दै सांसद संग्रौलाले रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ भन्ने भनाइ चरितार्थ भएको बताइन् ।

‘निरोको तस्वीर भेटिएको भए निरोको तस्वीरसँग प्रधानमन्त्रीको तस्वीर उस्तै देखिन्थ्यो होला’ उनले भनिन् ।  

तपाईंको बिचार