Saturday, January 23, 2021

जनयुद्ध दिवस मनाउन सुदूरपश्चिममा संसद् स्थगित

प्रकाशित मिति: 2020/02/13

१ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशको प्रदेशसभाको बिहीबारको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सत्तारुढ दलका सांसदहरूले जनयुद्ध दिवस मनाउनुपर्ने बताएपछि स्थगित भएको संसद सचिवालयले जनाएको छ । सत्तारुढ दलका सांसदहरूले बिहीबार जनयुद्ध दिवस रहेको र पार्टीको कार्यक्रम रहेको बताउँदै सभामुखलाई बैठक स्थगित गर्न दबाब दिएको स्रोतको भनाइ छ । प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । सभामुख अर्जुनबहादुर थापाले सांसदहरुको उपस्थिति कम हुने भएकाले स्थगित गरिएको बताए ।

 
 
 

तपाईंको बिचार