Sunday, January 24, 2021

सप्तकोसीमा सञ्चालित जेट बोट सेवा बन्द

प्रकाशित मिति: 2020/02/13

१ फागुन, विराटनगर । सप्तकोसी नदीमा सञ्चालित जल यातायात (जेट बोट) सेवा बन्द भएको छ । सरकारले कानून निर्माण गरी नियमन गर्नु पर्ने, सुरक्षा प्रदान गर्नु पर्ने, भाडादर कायम गर्नु पर्ने लगायतका माग राख्दै व्यावसायीहरुले अनिश्चितकालका लागि बिहीबारबाट जल यातायात सेवा बन्द गराएका हुन् । सप्तकोसी नदीमा दुई वर्षदेखि नियमित जलयात्राको सेवा सञ्चालनमा रहेको थियो । जेट बोट सञ्चालनका लागि प्रष्ट कानून अभावका कारण आफूहरु समस्यामा परेको सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसनका सञ्चालक राजेन्द्र कार्कीले बताए । स्थानीय तहदेखि प्रहरी प्रशासनले समेत दुःख दिने गरेकाले सरकारलाई छिटो कानून निर्माण गरी नियमन गर्न दबाव दिने उदेश्यले सेवा अनिश्चितका लागि लागि बन्द गरेको कार्कीले बताए ।

 

तपाईंको बिचार