Sunday, January 17, 2021

समान पेन्सनको माग राख्दै पोखरामा भूपू सैनिकको धर्ना

प्रकाशित मिति: 2020/02/18

६ फागुन, काठमाडौं । समान पेन्सन सुबिधा र क्षतिपूर्तिको माग राख्दै भूपू गोरखा सैनिक र उनीहरूका परिवारले पोखरास्थित ब्रिटिश क्याम्प अगाडि धर्ना दिएका छन् ।   मंगलबार विहानैदेखि ब्यानर, प्लेकार्ड सहित धर्नामा बसेका हुन । गत शनिबार काठमाडौं आइपुगेका सेनाध्यक्ष स्थिम यतिबेला पोखरामा छन् । उनी पोखरा आएकै बखत आफ्ना मागबारे बेलायत सम्म पूर्याउन उनीहरुले बिरोध गरेका हुन ।

बेलायती सेनामा भर्तीका भएका ४४३ जनालाई सपथ खुवाउने कार्यक्रममा सहभागी हुन स्मिथ पोखरा गएका हुन । परराष्ट्र मन्त्रालयले गत हप्ता त्रिपक्षीय सन्धि पुनरावलोकन र भूपू गोर्खाहरूको समस्याबारे वार्ताको प्रस्ताव गरेर पत्र पठाएको छ । काठमाडौंस्थित ब्रिटिश राजदुतावासमार्फत पठाइएको पत्रमा सन् २००७ देखि बेलायती सेनामा भर्ती भएकाहरूले समान तलब र पेन्सन उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरिएको छ ।

तपाईंको बिचार