Thursday, January 28, 2021

उद्योगीसँग साँठगाँठ गरेको भन्दै कुखुरा किसानले घेरे उपभोक्ता : विभाग

प्रकाशित मिति: 2020/02/18

६ फागुन, काठमाडौं । किसानहरुले ह्याचरी र दाना उद्योगीसँग सरकारले नै मिलेमतो गरेर मूल्य बढाएको आरोप लगाएका छन् । सरकारसँगको मिलेमतोमा उद्योगीले चल्ला र दानाको मूल्य बढाएको भन्दै किसानहरुले मंगलबार उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग घेराउ गरेका छन् । उनीहरुले पटक पटक कालोजारीबारे जानकारी दिँदा पनि विभाग मौन बसेर उद्योगीको संरक्षण गरेको आरोप लगाएका छन् ।

कुखुरापालक कृषक संघर्ष समितिले माघ ११ गते देखि माघ १८ गतेसमम्मा ८ दिनका बीचमा प्रतिगोटा चल्ला ३० रुपैयाँका दरले मूल्यवृद्धि गरी चरम कालो बजारी भएको बताएको छ ।

माघ २० गतेसमितिले चल्लाको मूल्यमा भएको व्यापक कालोबजारीको विरुद्ध लिखित रुपमा नै उजुरी गर्दा समेत वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कुनै पनि चासो नदिएको उनीहरुको दावी छ ।कुखुरापालन व्यवसाय दिन प्रतिदिन दलाल तथा माफियाहरुको घेरावन्दीले ध्वस्त हुँदै गईरहेको र साना किसानविरुद्ध योजनावद्ध ढंगले विस्थापन गर्ने उद्देश्यका साथ कहिले कुखुराको मूल्य घटाउने र कहिले चल्ला तथा दानामा अत्याधिक मूल्यवृद्धि गरेर किसानमाथि चरम शोषण भईरहेको कृषकहरुको भनाइ छ । माग पुरा नभएर किसानहरुले प्रतिरोधपूर्ण संघर्ष गर्ने चेतावनी दिएका छन् ।

तपाईंको बिचार