Saturday, January 16, 2021

प्रतितोला ८० हजार नाघ्यो सुनको मूल्य

प्रकाशित मिति: 2020/02/24

१२ फागुन, काठमाडौं । सुनको मूल्य तोलामै ८० हजार तीन सय रुपैयाँ पुगेको छ । बढेको मूल्य नेपाली सुन चाँदी व्यवसायमा नयाँ कीर्तिमान भएको व्यवसायीहरुले बताएका छन् । सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको खरिद बिक्री मूल्यअनुसार छापावाल सुनको मूल्य ८० हजार ३ सय छ भने तेजावी सुन ८० हजार प्रतितोलामा कारोबार खुलेको छ । यस्तै चाँदीको प्रतितोला मूल्य ९२५ रुपैयाँ पुगेको छ । आइतबारको तुलनमा सुनको मूल्य प्रतितोलम १५ सयले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँ मात्रै बढेको छ । मूल्य बढेसँगै पुराना गहना बिक्री गर्न आउने ग्राहक बढेको सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । बढ्दो मूल्यले बिहेको महिना भए पनि सुनको कारोबार खस्कीएको उनले बताए ।

तपाईंको बिचार