Saturday, January 23, 2021

अगुवा कार्यकर्ता प्रशिक्षणका लागि प्रधानमन्त्री पोखरामा

प्रकाशित मिति: 2020/02/24

फागुन १२, काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओली गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा प्रशिक्षणका लागि पोखरा पुगेका छन । कार्यकर्ता भेलालाई बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेलामा गएनन । यसअघि प्रचण्ड प्रदेश नम्बर ५, कर्णाली प्रदेशमा भएका भेलामा गएका थिए । उक्त भेलामा प्रधानमन्त्री ओली गएका थिएनन । नेकपाले सार्वजनिक गरेको प्रशिक्षण कार्यतालिकामा प्रदेशका भेला दुवै अध्यक्षले सम्बोधन गर्ने उल्लेख थियो ।   पोखरा जानुअघि प्रधानमन्त्री ओलीले सोमबार विहान बालुवाटारमा प्रचण्डसँग कुराकानी गरेका थिए । समसामयिक राजनीतिक घटनाक्रमबारे अध्यक्षद्वयबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

तपाईंको बिचार