Monday, January 18, 2021

कम्युनिस्ट नेताहरु नवसामन्त केन्द्रित भए : पृथ्वीसुब्वा गुरुङ

प्रकाशित मिति: 2020/02/24

१२ फागुन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धेरै कम्युुनिस्ट नेताहरु जनतामा जान छाडेको र नव सामन्तजस्तो भएको टिप्पणी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गण्डकी प्रदेश कमिटीको प्रदेशस्तरीय भेलामा मुख्यमन्त्री गुरुङले भने, ‘हामी जनमानसमा पुग्दैनौं । झुपडीमा पुग्दैनौं ।’ जनता र कम्युनिस्ट सरकारको सम्बन्ध बिग्रदै गएको भन्दै उनले सम्बन्ध सुधारमा जोड दिए । ‘३ वर्षभित्र कम्युनिस्ट पार्टी फेरि पनि जनताको कसीमा बाँधिनुपर्छ । कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी कुनै पनि गतिविधि क्रियाकलाप वा चलखेल गर्नु हुँदैन,’ उनले भने ।
साथै कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी अन्तरघाती काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरे ।  
 

 

तपाईंको बिचार