Saturday, January 23, 2021

संघिय सांसद बहादुरसिंह लामाद्धारा नुवाकोटका बिद्यालयहरुमा पोशाक बितरण जारी

प्रकाशित मिति: 2020/02/25

फागुन १३, काठमाण्डौ । नुवाकोट नेपाली कांग्रेस संघिय सांसद बहादुरसिंह लामाले नुवाकोट बेलकोटगढी ६ स्थीत मालिका माविका ३ सय २५ जना छात्रछात्रालाई पोशाक बितरण गरेका छन । प्रमुख अतिथीका रुपमा बिद्यालयको एक कार्यक्रममा सहभागि हुन पुगेका लामाले बिद्यालयका बालबालिकाको शिक्षामा हौसला प्रदान गर्ने उदेश्यले आफ्नो व्यक्तिगत खर्चमा सो पोसाक बितरण गरेका हुन । बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष हिरा पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लामाले आफ्नो तलबभत्ताबाट नियमित कार्यक्रमका रुपमा सो पोसाक बितरण गरेको बताए । कार्यक्रममा बोल्दै संघिय सांसद बहादुरसिंह लामाले शिक्षा बिना समाज रुपान्तरण हुन नसक्ने बताउँदै शिक्षालाई गुणस्तरीय बनाउन आफू लागिपरेको र आफ्नो अभियान जारी रहेको बताए । हालसम्म १७ वटा बिद्यालयका छात्रछात्रालाई उनले पोसाक बितरण गरिसकेका छन । 

यस्तै सोही दिन बेलकोटगढी ६ स्थीत श्री घेदुङ आधारभुत बिद्यालयको बार्षिकोत्सवका अवशरमा ६० जना बिद्यार्थीहरुलाई पोसाक बितरण गरेका छन । बिजय तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी लामाले बिद्यार्थीहरुलाई हौसला प्रदान गर्नका लागि पुरस्कार बितरण गरेको बताए । यस्तै बिद्यालयका पूर्व व्यावस्थापन अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो ।
यस्तै हिजो सोमबार नुवकोट बिदुर ३ खड्गभञ्ज्याङ स्थीत रणभुमेश्वरी बिद्यालयको ५८ औँ बार्षिकोत्सवको अवशरमा पुरस्कार बितरण तथा अभिभाभक भेलामा प्रमुख अतिथीका रुपमा सांसद लामा उपस्थीत भएका छन । बार्षिकोत्सव कार्यक्रममा प्रमुख अथितिका रुपमा सहभागि भएका लामाले बिद्यालयलका जग्गादाता स्वर्गीय मोतिलाल श्रेष्ठको प्रतिमा लोकापर्ण गरे । कार्यक्रममा स्वर्गीय श्रेष्ठका परिवारलाई सम्मान तथा बिभिन्न बिधाका उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।
यस्तै हिजो बेलकोटगढीमा आयोजना भएको ग्याल्पो ल्होसारमा समेत सांसद लामा सहभागि भएका छन । गुम्बा गुरु शेरप लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीका रुपमा लामा सहभागि भएका हुन । यस्तै बिशेष अतिथीमा सन्तमान तामाङ, धु्रब अधिकारी सहभागि भए भने अतिथीहरुमा चोकराज शाक्य, हिरा पाण्डे, यादब नेपाल, दयाराम दाहाल, इन्द्र लामा सहभागि भएका थिए ।

तपाईंको बिचार