Sunday, January 17, 2021

निगमको ‘मास्टर कि’ चोरी प्रकरण : अनुसन्धानको सुई सिनामंगल डिपो प्रमुखतर्फ

प्रकाशित मिति: 2020/02/25

१३ फागुन, काठमाडौं । हवाई इन्धन ढुवानी गर्ने १ सय ८१ सहित करिब चार सय ट्यांकरको ताल्चा खुल्ने मुख्य साँचो (मास्टर कि) हराएको छ । यो प्रकरणमा सिनामंगल डिपो प्रमुख महेशमान श्रेष्ठमा अनुसन्धान केन्द्रित भइरहेको नेपाल आयल निगमले जनाएको छ ।
भारतीय आयल निगमले प्रदान गर्ने उक्त साँचो माघ १९ गते नै हराएको थियो । तर, नेपाल आयल निगमले घटना गुपचुप राखेको थियो । सिनामंगल डिपो प्रमुख श्रेष्ठको कार्यकक्षमा पासवर्डसहितको दराजमा राखिएको दुईमध्ये एउटा मास्टर कि हराएको थियो । हराएको उक्त साँचोले भारतीय आयल कर्पोरेसन (आईओसी) को रक्सौल डिपो, हवाई इन्धन ढुवानी गर्ने एक सय ८१ ट्यांकर र थानकोट डिपोका दुई सय ट्यांकरको ताल्चा पनि खोल्न मिल्छ । साँचो हराएको विषय छानविनको क्रममा रहेको निगमका निर्देशक एवं प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । साँचो हराएको विषय छानविन गर्न नायव प्रवन्ध निर्देशक विशाल ओझाको संयोजकत्वमा बनेको समितिले काम गरिरहेको निगमले जनाएको छ । सुक्ष्म अध्ययन भइरहेकाले सबै कुरा भन्न नमिल्ने प्रवक्ता गोइतले बताए ।

 

तपाईंको बिचार