Friday, January 22, 2021

नेकपाको संविधान संशोधन कार्यदल भङ्ग

प्रकाशित मिति: 2020/02/26

१४ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि बनाएको कार्यदललाई भङ्ग गर्ने निर्णय गरेको छ । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेकपाले कार्यदल बनाएको थियो । तर पार्टीभित्र र बाहिर चर्को आलोचना भएपछि बुधबार बसेको नेकपा सचिवालय बैठकले कार्यदललाई भङ्ग गर्ने निर्णय गरेको हो ।

तपाईंको बिचार