Thursday, January 28, 2021

ओलीलाई राजीनामा दिन कोइरालाको सुझाब

प्रकाशित मिति: 2020/02/27

फागुन १५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाबीच भेटवार्ता भएको छ । बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटार भएको भेटका क्रममा ओली र कोइरालाबीच समसामयिक राजनीति, सरकारका काम र आआफ्ना पार्टीभित्रका आन्तरिक प्रतिस्पर्धाबारे झन्डै दुई घन्टा कुराकानी भयो । भेटघाटको सुरूमै बोलेका कोइरालाले प्रधानमन्त्री ओलीको राजीनामा मागे ।

जवाफमा प्रधानमन्त्री ओलीले भने,– ‘म पनि राजनीति गर्ने मान्छे हो, यस्ता कुरा बुझिहाल्छु नि, तपाईंहरू (प्रतिपक्षी) भन्दा पनि आफ्नै साथीभाइ, आफ्नै पार्टीका नेताहरू नचाहिने, जथाभाबी भन्ने गरिरहेका छन । त्यसले मलाई दुःख लागिरहेको छ ।’

कोइरालाले प्रधानमन्त्रीसँग पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा मुछिएको सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणबारे पनि कुरा उठाएका थिए । भेटमा कोइरालाले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नहुने बताएका थिए ।

 

तपाईंको बिचार