Wednesday, January 20, 2021

आफ्नै नेताले सरकारविरुद्ध भ्रम छरे : मुख्यमन्त्री पोखरेल

प्रकाशित मिति: 2020/02/27

१५ फागुन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै पार्टीका नेताहरुले सरकारविरुद्ध भ्रम छरेको आरोप लगाएका छन् । उनले कतिपय नेता सरकारलाई सफल बनाउनुको सट्टा कृत्रिम आलोचनामा उत्रिएको भन्दै प्रतिशोधको राजनीति नगर्न आग्रह गरे । 

‘जनतामा कृत्रिम असन्तुष्टिको नकारात्मक भ्रम छर्ने काम भइरहेको छ, र पछिल्लो समय पार्टीका कतिपय नेताले त्यसमा मलजल गरिरहेका छन, पोखरेलले भने, ‘अर्थतन्त्रका सूचक सकारात्मक दिशामा गइरहेका छन, आयात घट्दै र निर्यात बढ्दै गइरहेको छ तर कतिपय नेतामा सरकारप्रति बडो असन्तुष्टि देखिन्छ, त्यो अल्पज्ञान वा राजनीतिक दिवालियापन बाहेक केही होइन ।’ सञ्चारमाध्यमले तथ्यमा टेकेर विश्लेषण नगरी भ्रमपूर्ण समाचार पस्कने गरेको समेत उनको आरोप थियो । पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने प्रदेश सरकारको लक्ष्य रहेको भन्दै मुख्यमन्त्री शंकर पोखरेलले त्यसका लागि निजी क्षेत्रको साथ र सहकार्य आवश्यक रहेको बताए ।

 

तपाईंको बिचार