Tuesday, January 19, 2021

पुस्तकमा लगाईएको करबारे अर्थमन्त्रीलाई गगन थापाको जवाफ–बहस कहाँ गरौं

प्रकाशित मिति: 2020/02/28

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेस नेता गगन थापाले पुस्तकमा लगाइएको करबारे अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइमा प्रतिक्रिया जनाएका छन् । मन्त्री खतिवडाले ‘पुस्तकमा लगाइएको कर हट्दैन, बरु बहस गर्न तयार छु’ भनेको भोलिपल्ट नेता थापाले ट्विटरमार्फत बहस गर्न तयार रहेको जवाफ दिएका हुन ।

‘विद्धान अर्थमन्त्रीज्यूले भन्नुभएछ– पुस्तकमा कर लगाएको हो, ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु । मन्त्रीज्यू हामी पनि तयार छौं,’ थापाले लेखेका छन्, ‘बहस कहाँ गरौं–संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?’

 

तपाईंको बिचार