Saturday, January 16, 2021

माले महासचिव सीपी मैनाली खतरामुक्त

प्रकाशित मिति: 2020/02/28

१६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनाली खतरामुक्त रहेको काठमाडौंस्थित ग्राण्डी अस्पतालले जनाएको छ । बिहीबार झापाबाट फर्किने क्रममा महोत्तरीको बर्दिबासमा कार दुर्घटनामा परेर घाइते भएका मैनालीलाई बिहीबार नै सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

‘उहाँ खतरामुक्त हुनुहुन्छ, हिजै हामीले उहाँको ‘थाई बोन’को अपरेसन र्गयौं ,’ अस्पतालका निर्देशका चक्रराज पाण्डेले भने, ‘उहाँको बुहारीको खुट्टाको अपरेसन र चालकको नाकको हड्डी भाँचिएकाले उपचार गरिएको छ ।’ झापाबाट काठमाडौं आउन लागेका मैनाली सवार बा ७ च २१३० नम्बरको कारलाई ना४च ७६६८ नम्बरको पिकअपले महोत्तरीको बर्दिबास नगरपालिका कालोपानीमा ठक्कर दिएको थियो। दुर्घटनामा मैनालीसहित छोरा सरोज, बुहारी पूजा ढुंगाना मैनाली, पाँच वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका थिए । अहिले सबै जनाको अवस्था सामान्य रहेको पाण्डेले जानकारी दिए ।

 

तपाईंको बिचार