Friday, January 22, 2021

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

प्रकाशित मिति: 2020/03/05

२२ फागुन, काठमाडौं । बुधबार मिर्गौलाको सफल प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको चिकित्सकहरूले बताएका छन । प्रधानमन्त्री ओलीको अवस्थाबारे बुझ्न अस्पताल पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिकित्सकहरूलाई उद्धृत गर्दै अवस्था सुधार हुँदै गएको बताए । उपप्रधानमन्त्री पोखरेलका अनुसार, ओलीलाई बिहीबार बिहान चिया खुवाइएको जानकारी चिकित्सकले गराएका छन् ।१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि बुधबार ४ घण्टा लगाएर ओलीको अर्को मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

तपाईंको बिचार