Saturday, January 23, 2021

गोरखा जिप दुर्घटनाका घाईतेलाई काठमाण्डौँ ल्याईयो

प्रकाशित मिति: 2020/03/05

फागुन २२, गोरखा । गोरखाको मान्बुमा जीप दुर्घटना हुँदा घाइते भएका धार्चे गाउँपालिका उपाध्यक्ष फूलमाया गुरूङलगायत घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट बिहीबार विहान घाइतेहरूलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको घटनास्थलमा रहेका नेपाल रेडक्रस सोसाइटीका सुवास घिमिरेले जानकारी दिए । दुर्घटनाका घाइते गाउँपालिका उपाध्यक्ष गुरूङ, जीप चालक बालचन्द्र गुरूङ, धनबहादुर गुरूङ, टेयरसिंह गुरूङ, सुरज नेपाल, निशा गुरूङ र सर्मिला गुरूङलाई काठमाडौं पठाइएको उनले बताए । मंगलबार राति बा १ च ५५०५ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा धार्चे गाउँपालिका वडा नम्बर ६ का सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको थियो भने गाउँपालिका उपाध्यक्षसहित सात जना घाइते थिए । गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार घाइतेलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गराइएको थियो। थप उपचारका लागि घाइतेहरूलाई हेलिकप्टरबाट काठमाडौं लगेको उनले जानकारी दिए। घाइतेहरूको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । जीप चालक बालचन्द्र गुरूङको अवस्था गम्भीर छ। उनको शरीरमा चोटपटक लागेको छ। गाउँपालिका उपाध्यक्ष गुरूङको नाकमा चोट लागेको छ । अरू घाइतेको खुट्टामा चोट छ ।

तपाईंको बिचार