Thursday, January 28, 2021

एफएनसीसीआईको आसन्न निर्वाचनमा प्रकाशसिंह कार्कीको उम्मेद्धारी

प्रकाशित मिति: 2020/03/05

फागुन २२, काठमाडौं । सफल उद्योगी तथा समाजसेवी प्रकाशसिंह कार्कीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा केन्द्रीय सदस्य पदमा उम्मेद्धारी दिने भएका छन् । आउँदो चैत्र २८ र २९ गते वार्षिक साधारण सभासँगै हुन लागिरहेको महासंघको निर्वाचनमा कार्कीले केन्द्रीय सदस्यमा उम्मेद्धारी दिन लागेका हुन् । यसैबीच, नेपाल फ्रेड फर्वाडर्स एसोसिएसन (नेफा)ले कार्कीलाई महासंघको निर्वाचनमा वस्तुगत संघतर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्धार बनाउने सर्वसम्मत निर्णय गरेको छ । सोलुखुम्बुमा जन्मिएका कार्की महासंघका वर्तमान केन्द्रीय सदस्य तथा नेफाका अध्यक्षसमेत हुन् ।

 

तपाईंको बिचार