Thursday, January 21, 2021

तारकेश्वरका ३ बिद्यालयका ३०५ बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

प्रकाशित मिति: 2020/03/05

फागुन २२, नुवाकोट । नुवाकोटमा सञ्चालित बिभिन्न सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई स्कुले व्याग तथा स्टेशनरी सामाग्री बितरण गरीएको छ । नुवाकोट तारकेश्वर गाँउपालिका तारुका वडा नम्बर ३ मा अवस्थीत तेर्सेपानीमा रहेको हस्तिकेशर प्रावि, चन्दनीमा रहेको तारुका हिलसाईड स्कुल र खानीगाँउमा रहेको तारकेश्वर प्राविमा अध्ययनरत सबै ३०५ जना विद्यार्थीहरलाई स्कुले व्याग तथा स्टेशनरी सामान वितरण गरिएको छ ।

गीरीजाप्रसाद कोइराला फाउण्डेशन नुवाकोटका अध्यक्ष रमेशकुमार पाठकको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बरिष्ठ पर्यटन व्यावसायी तथा  समाजसेवी मोहन लम्सालको समन्वय तथा स्थानिय समाजसेवी तथा  गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी अबिरलको पहलमा २० जना किवानीज क्लबका बिदेशी नागरिकको सहयोगमा ३ स्कुलका सबै ३०५ जना बिद्यार्थीहरुलाई बिद्यालय व्याग तथा स्टेशनरी सामाग्री प्रदान गरिएको हो ।
स्कुले सामाग्री बितरण गर्दै फाउण्डेशनका अध्यक्ष रमेशकुमार पाठकले शिव अधिकारी अबिरलको समाजसेवाको रफ्तारको प्रशंसा गर्दै शिक्षाको ज्योतिबिना कुनैपनि समाज र देशको बिकास संभव नहुने बताउँदै यसको निम्ती आफ्नो पनि सद्भाव र सहयोग आगामी दिनहरुमा रहने बताए ।
स्थानिय समाजसेवी तथा गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी अबिरलले उज्यालो तारकेश्वर बनाउने आफ्नो महान अभियानमा सहयोग पुर्याउने लम्साल र किवानिज ग्रुपका सदस्यहरुलाई धन्यबाद प्रकट गर्दै आफ्नो समाजसेवाको अभिछिन्न यात्रा जारी रहने बताए । अधिकारीले तारकेश्वरमा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र महिला सशक्तिकरण, युवा जागरण लगायतका क्षेत्रमा उल्लेख्य भुमिका निर्वाह गर्दै आईरहेका छन ।


  

 

तपाईंको बिचार