Sunday, January 24, 2021

कांग्रेस सांसद चौधरीद्धारा प्रधानमन्त्री ओलीको राजीनामा माग

प्रकाशित मिति: 2020/03/06

२३ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न नसकेका कारण प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका हुन् । हाल प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन् । चीनबाट फैलिएको कोरोना भाइरस भन्दा भ्रष्टाचार ठूलो समस्याका रुपमा रहेको भन्दै उनले भ्रष्टाचार देशको मुटु, फोक्सो, कलेजो र नशा नशामा पसेको र आम जनताको रगत र पसिना चुसिरहेको उनको भनाई थियो ।

तपाईंको बिचार