Sunday, January 17, 2021

६ महिना पुग्ने औषधी नेपालमै छ : औषधी उत्पादक संघ

प्रकाशित मिति: 2020/03/06

२३ फागुन, काठमाडौं । नेपाल औषधी उत्पादक संघले नेपालमा ६ महिनासम्म औषधी अभाव नहुने बताएका छ । शुक्रबार पत्रकार सम्मेलन गरी संघले नेपालका ६२ कम्पनीले उत्पादन गरेको औषधीले ६ महिनाको माग धान्ने जानकारी दिएको छ । त्यस्तै यसअघि नै ल्याइसकेको कच्चा पदार्थ पनि धेरै रहेकाले औषधी अभाव हुन्छ भनेर आत्तिनु नपर्ने संघका महासचिव विप्लवबहादुर अधिकारीले जानकारी दिए । भारतले सिटामोलसहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि औषधी अभाव हुन सक्ने समाचारहरु सार्वजनिक भएको थियो । तर संघले अत्यावश्यक औषधीका लागि विदेशी कम्पनीलाई अनुनय विनय गर्नुपर्ने अवस्था नरहेको बताएको हो । सिटामोलको कच्चा पदार्थ त जनवरी र फेब्रुअरीमा धेरै आयात भएको भन्दै संघले नेपालमा अभाव नै नहुने जानकारी गराएको छ ।

तपाईंको बिचार