Sunday, January 17, 2021

विप्लव नेकपाका देव गुरूङ पक्राउ, बास्कोटाको घरमा बिस्फोट गराएको आरोप

प्रकाशित मिति: 2020/03/11

फागुन २८, काठमाण्डौ । पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुर लोकन्थलीमा रहेको घरमा बम बिस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका भक्तपुर नेता देव गुरूङ पक्राउ परेका हुन । उनलाई भक्तपुरको सुकुम्बासी बस्तीबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाको टोलीले गुरूङलाई नियन्त्रणमा लिएको हो । बम बिस्फोटमा संलग्नहरूको पहिचान भइसकेको दाबी गर्दै प्रहरीले खोजी कार्य भइरहेको पनि बताएको छ । बुधबार विहान रिमोर्ट कन्ट्रोलबाट बाँस्कोटाको घरमा प्रेसर कुकर बम बिस्फोट हुँदा घरको पर्खाल भत्किएको छ भने छिमेकीका घरका सीसा र एउटा भ्यानमा क्षति पुगेको छ ।

तपाईंको बिचार