Thursday, January 21, 2021

प्रदेश २ लाई विशेष प्रदेश बनाउने प्रस्ताव संसदमा दर्ता

प्रकाशित मिति: 2020/03/12

२९ फागुन, काठमाडौं । प्रदेश २ लाई विशेष प्रदेश बनाउन माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद प्रभु साह, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह र समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले बिहीबार संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै यस्तो माग गरेका हुन् । अन्य प्रदेशको तुलनामा प्रदेश २ पछाडि रहेको भन्दै उनीहरुले विशेष प्रदेश बनाउन माग गरेका छन् ।

तपाईंको बिचार