Thursday, January 28, 2021

सतुंगलबाट ८ लाख थान मास्कसहित दुई व्यापारी पक्राउ

प्रकाशित मिति: 2020/03/16

चैत्र ३, काठमाण्डौ । सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान प्रहरीले विष्णुदेवी विन्दवासिनीस्थित एक घरबाट १ सय ७७ बोरा बरामद गरेको हो । प्रहरीले आरडी सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका साझेदार सुवास महेश्वरीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

तपाईंको बिचार