Thursday, January 28, 2021

महाधिवेशनबारे रणनीतिको खोजी गर्न सिटौला समुहको आन्तरीक भेला

प्रकाशित मिति: 2020/03/16

नेपाली कांग्रेसभित्र भिन्न गुट चलाइरहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले आन्तरिक बैठक डाकेको छ । १४ औं महाधिवेशनको तयारीमा पार्टी जुटेपछि रणनीति तय गर्न भन्दै सिटौलाले सोमबार भेला बोलाएका हुन ।   सिटौलाले बैठकमा केन्द्रीय सदस्यहरू उमाकान्त चौधरी, शिव हुमागाईं, प्रदीप पौडेल, गगन थापा लगायतलाई बोलाएका छन ।  सिटौला समूहमा रहेका हुमागाईंलाई हालै सभापति शेरबहादुर देउवाले एक विभागको संयोजक दिएपछि उनी देउवा समूहमा गएको चर्चा थियो । आफू निकटका केन्द्रीय सदस्यहरू देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग निकट भएको चर्चाबीच सिटौलाले बैठक राखेका हुन । चार वर्षअघि भएको कांग्रेसको १३ औं महाधिवेशनमा सिटौला सभापति उम्मेदवार बनेका थिए । पछि उनले सभापतिमा देउवालाई सहयोग गरे ।  सिटौला समूहबाट त्यसबेला महामन्त्रीमा थापा उठेका थिए । तर थापाले चुनाव जितेनन, उनी शशांक कोइरालासँग पराजित भएका थिए । सिटौलाले महाधिवेशनपछि पनि भिन्न गुट चलाइ आएका छन । आजको भेलाबाट उनले आउँदो महाधिवेशनमा आफू कुन पदमा उठ्ने भन्ने रणनीति सार्वजनिक गर्न सक्ने बताईएको छ ।

 

तपाईंको बिचार