काठमाडौं, २९ चैत । भारतले नेपालतर्फ हुने औषधिको निर्यातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। फार्मास्युटिकल्सका लागि नेपाल भारतमा पूर्ण रुपमा निर्भर रहेको भन्दै उसले प्रतिबन्ध हटाउने निर्णय गरेको हो।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) बीच बुधबार भएको भिडियो कन्फ्रेन्सले कोरोनाको उपचारमा प्रयोग हुने पारासिटामोल र हाइड्रोक्सीक्लोरोक्वीनको निर्यातमा गरिएको प्रतिबन्ध खुलुको बनाउने निर्णय गरेको हो।
योसँगै अब भारतले हाइड्रोक्सीक्लोरोक्वीन र अन्य औषधि नेपालमा आपूर्ति गर्ने भएको छ। नेपाल सहित भुटान र बंगलादेशमा लगाएको प्रतिबन्ध पनि भारतले हटाएको छ।
तपाईंको बिचार