Tuesday, August 4, 2020

पैदलै घर जानेलाई खाना र बासको व्यवस्था गर्न सरकारलाई काग्रेसको आग्रह

प्रकाशित मिति: 2020/04/17
काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंबाट घरतर्फ हिँडेका नागरिकलाई सुरक्षित रुपले गाउँ पुर्‍याउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
 
काठमाडौंमा श्रम गरिरहेकाहरु लकडाउनपछि खाना र बस्ने ठाउँ नहुँदा सयौं किलोमिटर पैदल हिँडेर गाउँतर्फ गएको भन्दै उनले सरकारमा बसेकाले निमुखाको त्यो यात्राको दर्शकमात्र हुन नमिल्ने बताएका हुन् ।
 
शुक्रबार ट्विटरमा उनले भनेका छन् ‘सरकारको भरथेग सबैभन्दा बढी तिनै निमुखा जनतामाथि हुनुपर्ने हो, तर सरकारमा बसेकाहरु ती निमुखाको त्यो यात्राको दर्शकमात्र भएका छन् ।’

तपाईंको बिचार