Tuesday, January 26, 2021

नुवाकोटको तारकेश्वरमा १४ हजार ७ सय माक्स वितरण

प्रकाशित मिति: 2020/04/18
काठमाडौं, ६ बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन गरि अत्यावश्यक काम बाहेक नागरिकलाई घर बाहिर निकस्न रोक लगाएको छ । यसका बावजुद पनि कोरोनाको संक्रमण बढ्दो क्रममा छ । 
 
यो महामारीबाट बच्न नुवाकोटको तारकेश्वर गाउँपालिकामा घरघरमा माक्स र स्यानिटाइजर वितरणको काम जारी छ । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) तथा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष, समाजसेवी शिव अधिकारी अविरलको संयोजनमा हालसम्म  १४ हजार ६ सय माक्स वितरण गरिएको छ । 
 
गाउँपालिकाका ६ वडा मा पटकपटक गरि उक्त माक्स वितरण गरिएको हो ।  
 
यसका साथै केही स्यानिटाइजर र किस्पाङ गाउँपालिकाका लागि १० थान पिपिई तथा एप्रोन सेट समेत प्रदान गरिएको छ। 
 
कोरोनाबाट बच्न नागरिक स्वयंम नै सचेत हुन आवश्यक रहेकाले उनीहरुको सुरक्षाका लागि यी सामाग्री प्रदान गरेको अध्यक्ष अधिकारीले जानकारी दिए । उनले घर बाहिर निस्कदा अनिवार्य माक्सको प्रयोग गर्न र व्यक्तिगत दुरी कायम राख्न आग्रह गर्दै नागरिकलाई सुरक्षित राख्नु सबैको दायित्व भएकाले सामाजिक सेवाको कार्यमा राजनीतिक रंग नघोल्न पनि पनि आग्रह गरे । 
 
आगामी दिनमा पनि नुवाकोटवासीका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । 
 
यसअघि कोरोनाको त्रास बढ्दै जादा अधिकारीकै संयोजनमा काठमाडौं उपत्यकाबाट नुवाकोट जाने यात्रुहरुको सहजताका लागि निःशूल्क बस सेवा पनि संचालन गरिएको थियो । 
 

तपाईंको बिचार